लोक तथा दोहोरी गायक मेक्सम खाती, नरेश खातीको ‘लौन कोमल ओली लौन मेक्सम खाती’ बोलको गीत को भिडियो सार्वजनिक भएको छ ।गीतमा खातीसंगै राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल ओलीकोपनि आवाज रहेको छ । नरेश खाती र मेक्सम खाती लोकदोहोरी क्षेत्रमा सबैले रुचाएको र चर्चित नाम हो । नरेशको शब्द र मेक्समको आवाजमा जतिपनि गीतहरु बजारमा आईरहेका छन् ती सबै गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाएका छन् ।
खातीद्वयसहोदर दाजुभाई हुन् ।
यो गीतमा पनि नरेशको शब्द तथा संगीत रहेको छ भने मेक्सम र कोमल ओलीको आवाज रहेको छ भने गायक स्वयम् मेक्सम, नरेश र गायिका कोमलको अभिनय रहेको छ ।गीतमा गायक नरेशले कोमललाई सानैदेखि मन पराएको उनैलाई पाउने सपना बुनेको भावलाई समेटिएको छ भने संगै कोमलले सानै रहेको भन्दै सम्झईरहेकी छिन् । गीत गायक स्वयं खातीको अफिसियल युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको छ । गीतले दर्शकश्रोताको मन जित्न सफल रहोस हाम्रो शुभकामना ।भिडियो :