गायक विनोद राईको ‘यो खुशी’ बोलको गीतको सार्वजानिक भएको छ । सो गीतको संगीत देव गुरुङ, रचना युगल लङ्फुङ्वा र एरेन्ज सचिन सिंहको रहेको छ भने रेकर्डिङ÷मिक्सिङ मित्र लामाले गरेका हुन् ।
मोफसलको रमणीय स्थल पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा प्रष्टसंग उतारेका छन् निर्देशक सन्तोष राईले । हेर्नुहोस भिडियो: