27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
HomeUncategorizedगायिका आस्था राउत फोन सम्पर्कमा आईन्||| प्रहरीले 'आस्था भागिन्' भनिरहँदा कहाँ छिन्.....

गायिका आस्था राउत फोन सम्पर्कमा आईन्||| प्रहरीले ‘आस्था भागिन्’ भनिरहँदा कहाँ छिन्.. (भिडियो)

गायिका आस्था राउत विरुद्ध प्रहरीले ‘अभद्र व्यवहार’ विरुद्धको मुद्दा दर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ आस्थाको सुरक्षा जाँच गरेकी प्रहरी जवान रमिशा श्रेष्ठको प्रहरी प्रतिवेदनको आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । राउतलाई त्रिभुवन विमानस्थलमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यलय काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि अहिले काठमाडौं प्रहरीले उनलाई खोजिरहेको छ।

प्रहरीले मिडियासँग आस्था फरार भएको बताइरहेको छ। कन्सर्टका क्रममा सिक्किम पुगेकी आस्था पक्राउ पुर्जी जारी भएपछि नेपाल लाइभको सम्पर्कमा आएकी छिन्। तपाईं पक्राउको डरले फरार हुनुभएको हो र भन्ने नेपाल लाइभको प्रश्नमा आस्थाले भनिन्, ‘अहिले बाहिर प्रचार भएजसरी म फरार भएकी छैन, कन्सर्टका लागि सिक्किम आउने क्रममा नै ममाथि यो दुर्व्यवहारको घटना भएको हो। मेरो अझै यहाँ केही कार्यक्रम बाँकी नै छन्। त्यो कार्यक्रम सक्किएपछि म चाँडै नेपाल फर्किन्छु।’भिडियो:
https://youtu.be/1kWo2rkWJHA

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments