गुल्मीमा अर्का एक युवाको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका २७ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।
उपचारको क्रममा ती युवाको तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए।
मृतक क्यान्सर रोगबाट पीडित रहेका बताइएको छ। स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ। तीन साता अघि गुल्मीकै ४१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको थियो।
गुल्मी मदाने गाउँपालिका–६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।