काठमाण्डौं-गृह-मन्त्रालयको अनुमतिबिना काठमाण्डौं उपत्यका छिर्न नपाइने भएको छ।सरकारले जेष्ठ १ गते देखि देशभरको आवात-जावतमा थप कडाइ गर्ने भएको छ।बाहिर जिल्लाबाट काठमाडौं आउन अब जिल्ला प्रशासनको अनुमतिबिना नपाइने भएको हो।यसका निम्ति गृह-मन्त्रालयबाटै छुट्टै पास लिनु पर्ने छ।गृह-मन्त्रालयको स्वीकृति बेगर कुनै पनि सवारीसाधन काठमाडौं उपत्यका छिर्न पाउने छैनन्।पासको निवेदन दिँदा आउजाउ गर्नुको प्रयोजन र कारण पनि स्पष्ट खुलाउनुपर्ने छ।गत तीन दिनमा लगातार कोरोना संक्रमित बढ्दै गएपछि गृह मन्त्रालयले थप कडाइ गरेको हो गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार बिहीबारदेखि यस अघि दिइएका सवारी पास खारेज गरिएको छ।त्यस्तै एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएका सबै किसिमका पास खारेज भएका छन्।योसँगै अब एक जिल्लाबाट अर्को जिल्ला जान जिल्ला प्रशासन कार्यालयबाट बेग्लै पास लिनु पर्ने छ।काठमाण्डौं उपत्यकाका तीन जिल्लाको हकमा भने यो लागू हुने छैन।