सम्पादकीय – निलेश अधिकारी
सगरमाथा,सिदार्थ गौतम बुद्द र गोर्खा बिश्व सामु नेपालीहरुको ऐतिहासिक पहिचान हुन गएको छ । गोर्खा नेपालको बीरताको ईतिहास हो र अहिले पनि प्रत्येक नेपाली आमजनतामा जिवित नै छ मरेको छैन भन्दा पनि हुन्छ । राष्ट्र प्रतिको त्यही कर्तव्यनिष्ठ स्बभावले नै बिश्वलाई प्रभावित बनाएको छ । विश्वका धेरै देशले शान्ति- सुरक्षार्थ आफ्नो फौजमा गोर्खा रेजिमेन्ट बनाएका छन ।
संसारले नै गोर्खाली भनेर नेपालीलाई चिन्छ । यसको भारतीयहरु संग कुनै सम्बन्ध छैन । नेपालले ब्रिटेनसंग सन्धी गर्दा केही भु-भाग गुमाए पछि ति भुभागका केहि हिस्सा इन्डिया सीमानामा पर्न गयो र हाल धेरै नेपालीभाषी उतैका नागरिक भए । उनिहरुको पहिचान अब नेपालीभाषी इन्डियन रहेको छ । कसैले गोर्खाको पहिचान भनेको इन्डिया हो भन्छ भने उसलाई आफ्नो ईतिहास नै थाहा छैन भन्दा पनि हुन्छ । इन्डियाको आफ्नै ईतिहास पनि जम्मा ७३ वर्ष पुरानो मात्र रहेको छ । इन्डिया त पाकिस्तान भन्दा पनि पछि ब्रिटेनले बनाईदिएको देश हो । त्यस कारण यो भन्न सकिन्छ कि हरेक नेपाली सीमा सुरक्षार्थ गोर्खा बन्न सक्छ र बन्नु पनि पर्छ । सीमासंग जोडिएका त्यस्ता कुराहरुलाई छिमेकी देशहरुले सावधानिपूर्वक बुझ्नु पनि पर्छ । पर्बत जिल्लाका युवा बिष्णु श्रेष्ठ जसले एक्लै मध्यरात जंगलमा यात्रुबाहक रेलभित्र ४० डाँकासँग भिडेर कैयौंको जिउधन जोगाएर बहादुरी देखाए ती सिपाही बीर गोर्खाली बिष्णु श्रेष्ठलाई इन्डिया सरकारले नै सौर्यचक्र, ब्रेभरी अवार्ड र सर्वाेत्तम जीवनरक्षा मेडलबाट सम्मानित गरेको छ ।
इन्डियामा यस्तो अवार्ड धेरै कमैले पाउँछन् र बिभिन्न युद्दमा भारतीय सरकारले धेरै गोर्खालाई बिभिन्न सम्मानबाट सम्मानित पनि गरेको छ। कुनै समय हिटलरले पनि भनेका थिए यदि मसंग गोर्खा हुन्थ्यो भने म बिश्व मेरो बनाउथ्यँ । इन्डियन आर्मी चिफले यदि मर्न संग कोहि डराउदैन भने कि उ झुट बोलेको छ या उ गोर्खा हो भनेका छ्न । त्यस्तै ब्रिटेन सरकारले पनि बिभिन्न कार्यको लागि गोर्खालाई ठुल्ठुला समानबाट बिभुषित गरेको छ । यी त प्रतिनीधि धटना मात्र हुन, बिश्वसामु गोर्खाले बिभिन्न कालखण्डमा साहसिक बलिदानी पूर्ण कार्य गर्दै आईरहेको छ । त्यसैले इन्डियन सरकारले सीमा अतिक्रमण सन्दर्भमा बेलैमा सम्वेदनसिल भएर वार्ताको माध्यमबाट सीमा समस्या हल गर्नु पर्छ ।
उत्तरमा हिमालय परिवेष्ठित र दक्षिणमा भारत परिवेष्ठित नेपालको अवस्थाले गर्दा खासगरी दक्षिणतर्फको खुला सीमाना नेपालको निमित्त सुविधा र द्विविधा दुवै दृष्टिले दुबै देशकोलागि हानिकारक विषय बन्दैआएको छ । दुवै मित्र राष्ट्रहरूसित सौहाद्रपूर्ण सम्बन्ध राख्नुपर्ने, आर्थिक बिदेशी सहयोग र हेपाह प्रबृतिले गर्दा पनि सीमाना विवादले आजसम्म देशबासीलाई वेलाबेला हैरानी र समस्या खेप्नु परेको छ !
नेपाल-चीन सीमा सम्बन्ध : पेकिंगमा जनवरी २०, १९६३ मा सीमाना सम्बन्धी पत्र आदानप्रदान भए अनुसार दुवै पक्षले सीमा स्तम्भ रेखांकनको रेखदेख र मर्मत गर्ने, एकपक्षीय रूपमा सीमा स्तम्भ परिवर्तन गर्न नपाइने र यथासम्भव सीमानास्थित नदीलाई बाटो परिवर्तन गर्नबाट नियन्त्रण गर्ने र बाटो बदल्न सक्ने कुनै काम कुरा नगर्ने र नदीले बाटो बदलेमा पुरानै सीमा कायम गर्ने र हरेक ५ वर्षमा संयुक्त सीमा निरीक्षण गर्नेजस्ता सिद्धान्तहरूमा द्विपक्षीय सहमति कायम भएको छ । उपरोक्त सहमतिअनुसार पछिल्लोपटक १९७९ मा सिामा रेखांकन सम्झौता सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
नेपाल-भारत सीमाना : पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म “दशगजा” नामले प्रख्यात स्वामित्वविहीन जग्गा र प्रत्येक १/४ माइलमा गाडिएका सीमा स्तम्भ नै नेपाल र इन्डियालाई छुट्याउने कृत्रिम सीमा हो । सन् १८६० नोभेम्बर १ का दिन तत्कालिन अंग्रेजशासित इन्डियासंग सीमा विषयक सन्धि हस्ताक्षर भए यता आजसम्म इन्डियासित नेपालको सीमा विवाद गम्भिर हुदै आईरहेको छ ! त्यती बेलाको नेपालको राष्ट्रिय कानुन अन्तर्गत स्थानीय प्रशासन ऐन २०२८ को दफा ४ (३) मा “अञ्चलाधीशले वर्षको एकपटक विदेशी मुलुकसित जोडिएको सीमानाको जाँच गरी श्री ५ को सरकारमा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने” व्यवस्था भए तापनि यो जाँचको उद्देश्य, आधार, कार्यक्षेत्र र कार्यविधिको सम्बन्धमा स्पष्ट नीति प्रतिपादन भएको देखिँदैन । दक्षिणतर्फका सीमा स्तम्भहरू मासिएका वा नासिएका, सो जग्गाको अतिक्तमण भएको र इन्डिया सरकारले सीमा नजिक बाँध बनाएका जस्ता कृयाकलापहरूबाट गम्भीर समस्या खडा भएको अवगत हुँदाहुँदै पनि यस सम्बन्धमा कुनै काम, कारवाही भएको छैन । इन्डियासितको खुला र अनियन्त्रित सीमाना दुवै राष्ट्रहरूका जनता र मालसामानहरूको बान्छित वा अवान्छित वसार-पसारका लागि प्रयोग भइआएको छ ।
निलेश अधिकारी
खुला सीमानाको कारणबाट सीमा रेखांकन र स्वामित्वविहीन जग्गाको अतिक्रमण, गैरकानुनी अपराध गरी सीमा पार गर्ने, दोहोरो नागरिकता , तस्कर र व्यापारजस्ता समस्याहरूको चुनौतीको सामना गर्नु परिरहेको छ । अनियन्त्रित सीमा व्यवस्थाले गर्दा कतिपय अवस्थामा द्विपक्षीय सन्धिको कार्यान्वयन र देशको राष्ट्रिय नीतिहरूको प्रभावकारी कार्यान्वयनमा समेत प्रतिकूल प्रभाव पर्दैआएको पाइन्छ । औद्योगिक व्यवसायसम्बन्धी कानुनअन्तर्गत अन्तर्राष्ट्रिय सीमानाबाट ८ किलोमिटरभित्र कुनै उद्योग खोल्न नपाइने गरिएको भए तापनि घरेलु उद्योग, औद्योगिक क्षेत्र, चालु उद्योगहरूको आधुनिकीकरण, क्षमता वृद्धि तथा विविधिकरण गर्नमा कुनै वाधा छैन । छिमेकी देशहरुसंग पनि इन्डियाको त्यति राम्रो सम्बन्ध रहेको देखिदैन । छिमेकी देशहरुसंग इन्डियाको सम्बन्ध इन्डियाको हेपाह र घमण्डिपनमा आधारित छ भन्दा पनि हुन्छ ।
चीनःइन्डियाको सबैभन्दा धेरै सीमा विवाद चीनसँग छ । यी दुई राष्ट्रका बीच सीमाकै कारण पटक पटक युद्ध समेत भइसकेको छ । करिब ३५ हजार २ सय ४१ किलोमिटर क्षेत्रफललाई चीनले आफ्नो सिन्जियाङ स्वायत्त क्षेत्र मान्दै आएको छ । इन्डियाले भने यसलाई लद्दाखको भूभाग भएको भन्दै आफ्नो दावी छोडेको छैन ।
पाकिस्तान-कश्मीर क्षेत्रको विवाद सबैभन्दा जटिल विवाद हो । सन् १९४७ मा इन्डिया र पाकिस्तान छुट्टिएपछि नै यो क्षेत्रको लागि विवाद हुन सुरु गरेको हो । २५ सय ५३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यो हिमनदी गैर धुर्विय क्षेत्रमध्ये विश्वकै दोस्रो लामो हिमनदी हो ।
म्यानमारः इन्डियाको मणिपुरसँग जोडिएको म्यानमारको काबा उपत्यका र नामफोलोङ गाउँका साथै तमु क्षेत्रका सीमामा इन्डियाले म्यानमारसँग अनावश्यक विवाद गर्दै आएको छ । म्यानमारले आफ्नो भूमिमा निरन्तर दावी गर्दै आएको छ ।
श्रीलंकाःइन्डिया र श्रीलंकाको सीमामा पर्ने निर्जन भूमि कच्छथिभुमा पनि इन्डियाले विवाद सुरु गरेको थियो । केन्द्र सरकारले समेत श्रीलंकाकै मानेको यो भूमि तमिलनाडु राज्य सरकारले श्रीलंकासँग फिर्ता मागेको थियो तर श्रीलंकालीले यसलाई ठाडै अस्वीकार गरेको थियो ।
बंगलादेशःइन्डिया र बंगलादेशको सीमामा पर्ने ‘बे अफ बंगाल’ क्षेत्रको निर्जन बलौटे भूमि बंगलादेश क्षेत्रमा पर्छ । तर यी भूभाग आफ्नो भन्दै भारतले बंगलादेशसँग विवाद गर्दै आएको छ । विवादित भूमिलाई मिलाउन इन्डिया र बंगलादेशको तर्फबाट सन् १९७४ मा सम्झौता भयो । तर भारतीय संसद्ले यसलाई स्वीकृती दिएन । तर सन् २०११ मा नयाँ सन्धी गरेपछि भने इन्डियान संसदले त्यसलाई पारित गर्यो । यो सँगै ४१ वर्षसम्म कायम रहेको यो क्षेत्रको विवाद समाधान भएको जस्तो देखिन्छ ।
भुटानःभुटानको इन्डियासँग सीमा विवाद खासै नरहेपनि चीनसँग भुटानको सीमा विवाद भने रहेको छ । विशेषगरी चीन–भुटानको दोक्लाम क्षेत्रमा यी दुई देशबीच सीमा विवाद छ । तर, इन्डियाले यो विवादमा भुटानलाई चीनसँग मिल्न नदिने अनेक षड्यन्त्र गरि रहेको छ!
नेपालःबिभिन्न समयमा छिमेकी देशहरु संग सीमाका सम्बन्धमा बार्ताहरु भएपनि चीन र इन्डियादृरा बिभिन्न समयमा मिचेका नेपालली भूभागहरुमा ताप्लेजुङ,पाँचथर ,इलाम ,झापा,कालीखज्जर, मोरङ,सुनसरी ,सप्तरी ,सिरहा,महोत्तरी,सर्लाही,रौतहट,बारा,पर्सा,चितवन,नवलपरासी,रुपन्देही,कपिलबस्तु,दाङ,बाँके,बर्दिया, कैलाली,कञ्चनपुर,दार्चुला लगाएत गरि हजारै हेक्टर जमिन मिचिएको देखिन्छ ! यि सबै क्षेत्रको छिनोफानो अब नेपालले गर्नु पर्छ र नया पूर्ण नेपालको नक्शा प्रकासन गर्नु पर्छ! संबिधानमानै केहि कुरा परिर्वतन गर्नु परे पनि सबै पार्टी मिलि देशकोलागि दिर्धकालिन सोचमा आधारित हुनु पर्छ !
नेपालको २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । त्यसमध्ये २३ जिल्लामा सीमा विवाद छ भने धनुषा, बैतडी र डडेलधुरामा तिन जिल्ला छोडेर अरु जिल्लामा ब्यापक सीमा बिवाद देखिन्छ।नेपाल–भारत सीमारेखाको ७१ स्थानमा अतिक्रमण र विवादमा रहेको छ र विवादित क्षेत्रफल ७९ हजार ६ सय ४२ हेक्टर हुन्छ । यीमध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रमा ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लामा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित भएको छ ।
इन्डियाले नेपालतर्फको सीमा क्षेत्रमा ३० देखि ४५ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी छन् । नेपालले पनि पछिल्लो सीमा सुरक्षाका लागि सीमामा सुरक्षाकर्मीको उपस्थिति बढाउने नीति लिएपनि लक्ष्य अनुरुप बीओपी स्थापना हुन सकेको छैन ।सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीका अनुसार ९ वटा जंगे पिलर र २८ वटा मुख्य स्तम्भ हराएका छन् । ती सबै भारततर्फका हुन् । कतिपय प्राकृतिक प्रकोपका समयमा हराएका भएपनि अधिकांश सीमास्तम्भ भारतीय पक्षले रातारात उखेलेर फ्यालेको अनुमान छ । त्यसैले स्तम्भ नै नहुँदा सीमा विवाद हुने नै भयो ।नेपाल-इन्डिया कुल १७५१-१८८० किलोमीटर लामो सीमाना साझारुपमा रहेको जस मध्य उतराखंड २६३, उत्तर प्रदेश ५६०,बिहार ७२९, पक्षिम बंगाल १०० र सिक्कम ९९ किलोमीटर सिमा साझा छ त्यस्तै इन्डिया-नेपाल सीमामा सशत्र सीमा बल (एसएसबी) सीमा सुरक्षा बल तैनाथी एसएसबीले नेपाल-इन्डिया सीमामा ४५५ सीमा चोकी स्थापना हुनु जस्मा उतराखंड ५३,उतर प्रदेश १४८,बिहार १९३,बंगाल ४३,सिक्कम१८ हुनु त्यसमा नेपालको झिनो मात्रामा सैनिक तैनाथ हुनु अनि साझा काम भन्दै नेताहरु ठुलो भाषण ठोक्नुलाई के भन्ने!नेपाल-इन्डिया सीमा सड़क कार्य इन्डिया तर्फ बिना सुचना इन्डियाले निर्माण गर्नु, इन्डियाको हितम काम हुनु ,बाडि,डुबान नेपाल मै हुनुलाई के भन्ने!इन्डिया सरकारले नेपाल-इन्डिया सीमामा ३८५३ करोड़को लागतमा १३७७ किलोमीटर सड़क निमार्ण गर्नु जस्मा उतराखंड (सड़कको लंबाई १७३ किलोमीटर र लागत ५३० करोड), उतर प्रदेश (लंबाई६४० किलोमीटर र लागत १६२१ करोड़ ),बिहार (लंबाई ५६४ किलोमीटर र लागत१७०२ करोण) शािमल छ भने नेपालले सिमा सुरक्षाकोलागि आजका दिन सम्म के के काम गरेको छ त्यो त कालापानीले नै देखाउछ! जमीन र समुंद्री दुबै गरी ८ देशसंग सिमान जोडियकोमा नेपाल१७५८ किलोमीटर (१०९२ मील) सशस्त्र सीमा बल, अफगानिस्तान१०६ किलोमीटर (६६ मील) Border Security Force, भूटान६९९ किलोमीटर (४३४ मील) सशस्त्र सीमा बल, म्यांमार १६४३ किलोमीटर (१०२१ मील) Assam Rifles and Indian Army, पाकिस्तान३३२३ किलोमीटर (२०६५ मील) बार्डर सिक्योरिटी फोर्स, चीन३३८० किलोमीटर (२१०० मील)Indo-Tibetan Border Police and Special Frontier Force, बांग्लादेश४०९७ किलोमीटर (२५४६ मील) Border Security ForceIndia–Bangladesh enclaves exchanged,श्री लंका(३० किलोमीटर (१९ मील) इन्डिया तटरक्षक रहेको छ भने नेपाली सिमा सुरक्षाको नाममा केवल देखाउने कार्य मात्र भएको छ भन्दा पनि हुन्छ! अनि कसरी बझ्ने सिमा सुरक्षा नीतिलाई ? यो इन्डियाको गलत सोच र हेपाह प्रबृति हो त्यसकारण सबैले देशका नेताहरुबाट समस्याको समाधन हुन्छ भनि बिश्वासका साथै अधिक्रमित भूभाग फिर्ता ल्याउ भिनी होसियारी सभा मर्फत कार्य गर्नु पर्दछ । इन्डियाले आफ्नो विस्तारवादी सोचका कारण हाल जुन भुमिका देखाई राजनीतिक खेलमा नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा रहेर संविधान संसोधन रोक्ने र नेपालको सीमा नक्शा पास छेक्न जुन लबिंगमा सक्रिय छ्न त्यो कार्यले भबिष्यमा दुबै देशकोलागि हानिकारक सिद्द हुनेछ । नेपाली नेताहरूले पनि जनताकाे ईच्छा र भावना बुझेर निर्णय गर्नु पर्छ होइन भने इतिहासमा फेरि कलंकित बन्नु नपर्ला भन्न सकिन्न ।