27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeराष्ट्रियगोली प्रहारबाट एक युवकको हत्या

गोली प्रहारबाट एक युवकको हत्या


धनुषा । धनुषा जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो ।

मण्डलको शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी मण्डलको हत्या गरेको जस्तो देखिएको बताए ।

हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन । शवको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।रासस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments