22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियगोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

धनुषा । सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ २७ गते राति सोही ठाउँस्थति हनुमान राप्रवि लबटोलीको पोखरीको डिलमा गोली प्रहार गरी हत्या भएको अवस्थामा अरुणको शव फेला परेको थियो । सोही घटनाको अनुसन्धानका लागि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल संयुक्त रुपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा श्रवणले गोली प्रहार गरेको खुल्न आएको थियो । घटनापछि तत्काल फरार उनलाई खोजी गर्ने क्रममा महोत्तरीको भिढामोड नाकामा फेला पारी पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments