निमा पोङ्सुवा
धरान / लिम्पियाधुराको नक्सा बनाएर राष्ट्रबादी बनेका नेकपा सरकार राष्ट्रघाती एमसिसी संसदबाट पारित गर्ने भएपछि सर्बत्र बिरोध भएको छ।
https://youtu.be/-2BWdNFS1Y0
एमसिसी नेपालको हितमा नभएको भन्दै धरानमा बिरोध प्रदर्शन गरिएको छ। गो ब्याक एमसी,एमसिसी चाहिदैन देश बेच्न पाइदैन भन्ने नारा लगाएर बिरोध जनाएको छ। धरानको लोकतान्त्रिक चौतारीमा देश राष्ट्रको नाममा भन्दै स्वतस्फुर्त रुपमा युबाहरु बिरोधमा उत्रेका थिए।हर्क साङ्पाङ्को अगुवाईमा भएको बिरोध कार्यक्रममा बौद्धिक सम्पत्ति समेत एमसिसिले अमेरिकाको अधिनमा हुने उल्लेख रहेको भन्दै त्यो मान्य नहुने उनले जिकिर गरे।हरेक कुराको अब भारत मार्फत सोधेर गर्नुपर्ने प्राबधान रहेकोले पनि एमसिसी घातक रहेको बताए।त्यसैगरी एमसिसिले नेपालको संविधान र कानुन भन्दा माथी रहेको भन्दै त्यही संविधान बनाउन १७ हजारको बलिदान गरेको भन्दै त्यो भन्दा माथी एमसिसी हुननसक्ने बताए।त्यसैले एमसिसी नेपालका लागि राष्ट्र बिरोधि रहेकोले यस्को संसदबाट पारित गराए मान्य नहुने चेतावनी दिए।
एमसिसी बिरोधको कोणसभामा बोल्दै नारद लिम्बुले अहिले देश राष्ट्र बेच्ने दलालको विरुद्ध लाग्नुपरेको बताए।उनले नेपाल आमाको नाममा दुई चार जना दलाल किनेर आफ्नो पक्षमा पारेको आरोप लगाए।नेपाललाई बिदेशिको संधै दलालको ब्याबहार गरेको भन्दै त्यो कुरा देशप्रेमी सबै युबाले बुझ्नुपर्ने बताए। उनले एमसिसिलाई संसदबाट पारित गर्नुपर्ने कुनै कारण नभएको भन्दै एमसिसी अमेरिकामा नै आवस्यक भएको दाबी गरे।कोरोनाले अमेरिकी अर्थतन्त्र ध्वस्त भरहेको भन्दै एमसिसी नेपालमा आवस्यक नभएको जिकिर गरे।
कोणसभा सरोज चौलागाईंले तत्कालिन शेरबहादुर देउबाको पालामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्किले अङ्ग्रेजी नबुझी सम्झौता गरेको बताए। अङ्ग्रेजी भाषा अज्ञान्ताको कारण राष्ट्रघाती संझौता गरेको आरोप लगाए।अहिलेको सरकारले त्यसलाई अनुमोदन गरेर देश बेच्न लागेको आरोप लगाए।राजेश खिम्दुङले एमसिसिले रोजगार र बिकास हुने लोभलालचमा अनुमोदन गराउन लागेको आरोप लगाए।पार्टीको शिर्ष नेताको नाममा दास हुननहुने भन्दै यसरी एमसिसी पारित गराए नेताहरूलाई आफ्नै अंगरक्षकले समेत गान्धिको जस्तै ज्यान लिनसक्ने चेतावनी दिए।
ओलि सरकारले एमसिसी अनुमोदन गराउन लागेको भन्दै नेकपा भित्र समेत दुई धार बनेको छ। नेकपा भित्रको एमसिसी समर्थकलाई काङ्ग्रेसले समेत साथ दिइरहेका छन। मिलेनियम च्यालेन्ज कर्पोरेसनले ५० करोड डलरको लगानी बराबरको प्रस्ताव गरेको छ।