29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeस्वास्थ्य र फिटनेसग्यास्ट्रिक भएकाहरूले ध्यान दिनुपर्ने कुराहरु

ग्यास्ट्रिक भएकाहरूले ध्यान दिनुपर्ने कुराहरु

ग्यास्ट्रिक भएकाहरूले ध्यान दिनुपर्ने कुराहरु:
-खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

-कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ।

-दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।

-कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।

-प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।

-लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments