27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeअन्तरराष्ट्रियग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु

ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु


बेइजिङ । चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

एउटा भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ । स्थानीय समय अनुसार बेलुका ४.४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन् । विस्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ—हाइकोउ राजमार्ग दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि छ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments