24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedघना जंगलभित्र यस्तो भैंसी गोठ, ५० वर्षदेखि भैंसी चराउँदै आएका गोठालो दाईको...

घना जंगलभित्र यस्तो भैंसी गोठ, ५० वर्षदेखि भैंसी चराउँदै आएका गोठालो दाईको कथा (हेर्नुहोस भिडियो)

घना जंगल, डरलाग्दा भिरपाखा र हिमालसम्म पुग्ने एउटा गोठालो । लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ खगुमको भित्रि जंगलको कुनामा रहेको यो गोठमा श्री प्रसाद सुवेदी एक्लै भने छैनन् । उनकी श्रीमती पनि साथै छिन् । आसपास अरु दुई वटा गोठ पनि छन् । भैंसीलाई जिन्दगी सुम्पेका ५९ वर्षीय श्रीप्रसादको जिम्मामा हाल ७० वटा भैंसी छन् । साना पाडापाडी बाहेक सबै भैंसी फुकुवा हुन् । जंगलमा चर्छन्, जंगलमै बस्छन् । लैना भैंसी बिहानीपख पाडापाडी भएको गोठनेर आइपुग्छन् । उनले जस्तै भैंसीले पनि श्रीप्रसादलाई चिनेका छन् । उनले सबै भैंसीको नाम समेत राखेका छन्

६९ वटा भैंसी आसपासका गाउँका १६ जनाका हुन् । श्री प्रसादको निजी एउटा मात्रै छ । भैंसी रेखदेख गरेवापत त्यसको दूध गोठालोले नै उपभोग गर्न पाउने शर्तमा लमजुङ, कास्की, लगायतका पहाडी र हिमाली जिल्लामा गोठालो राखेर यस्ता घुम्ती गोठ चलाउने प्रचलन पुरानो हो । तर, यो चलन घट्दो छ । कुन गाउँका धनीको कति वटा भैंसी छ भन्ने कन्ठस्त हुन्छ गोठालोलाई । बिहानको ६ बज्यो । जंगल, पाखा पखेरातिर चर्न गएका लैना भैंसी पाडापाडी खोज्दै श्री प्रसाद बसेको गोठतिर आउँछन् । कतिलाई खोज्न जंगलतिरै जानुपर्छ । साढे ६ बज्दा नबज्दै नहुँदै १७ वटा लेकाली भैंसी दुहेर सक्छन् उनले । श्री प्रसादको लालनपालन गोठमै भयो । उनका बुबा पनि उनी जस्तै भैंसी गोठालो थिए । भैंसी गोठमा हुर्किएका उनले अक्षर चिन्ने अवसर पाएनन् । त्यसैले उनी बाहिरी दुनियाँबाट निकै पर छन् । आफू लमजुङको यो पाखो छोडेर बाहिर कतै नगएको उनको दावी छ ।

सानैबाट भैंसीको स्याहार सुसारमा लागेका श्री प्रसाद १५ वर्षको छँदाबाटै सिंगै गोठ धान्ने भैंसी गोठालो बने । त्यसपछि भैंसी नै उनको जीवनको कर्म बन्दै गयो । उनलाई आफ्नो कामसँग प्रेम छ, आफ्नै पाखुरामा विश्वास छ । भैंसीका पाडापाडी स्याहार्नै पर्यो । उनले गोठ मुन्तिर बाख्रा पनि पालेका छन् । फुकुवा भैंसीको रेखदेख बाहेक पाडापाडी र बाख्राको स्याहारसुसारमा खट्नुपर्ने भएकाले पनि उनी व्यस्त नै हुन्छन् ।जंगल, पाखा पखेरातिर चर्न गएका भैंसी खोज्न जाँदा कहिलेकाँही बाघ समेत फेला परेको उनको अनुभव छ । बाघ देखा परे के गर्ने ? भिडियोमा सुनौं श्रीप्रसाद के भन्छन् । ठूला भैंसीलाई आँट्न नसकेपनि बाघले साना पाडापाडीलाई सोझै मार्न खोज्छ । झण्ठै पाँच दशक बस्तुभाउ र गोठसँग मितेरी गाँसेका श्री प्रसाद यस्ता घटनासँग परिचित छन् । त्यसैले उनले बाघसँग पनि लड्न सक्ने जनविश्वास रहेको भोटे कुकुर पनि पालेका छन् । यस्ता भोटेकुकुर निकै चनाखा हुने गर्छन् । जंगली जनावर र अपरिचित मानिस देखे भुक्न थालिहाल्छन् ।बाकी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments