27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeराजनीतिघरमा बसिरहेका सांसदहरुले तलब भत्ता पाउने तर श्रमिकले भने किन तलब भत्ता...

घरमा बसिरहेका सांसदहरुले तलब भत्ता पाउने तर श्रमिकले भने किन तलब भत्ता नपाउने?:डा.बाबुराम भट्टराई


काठमाण्डौं-पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार र सदनलाई लाज लाग्ने गरी काम भएको गुनासो गरेका छन्।शुक्रबारबाट सुरु भएको संसदको बजेट अधिवेशनमा सम्बोधन गर्दै डा.भट्टराईले कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण धेरै कामविहीन भएको र उनीहरूले पारिश्रमिक समेत नपाएको अवस्थामा सरकारले उनीहरूको समस्या सम्बोधन गर्न नसकेको बताएका छन्।हामीलाई त अलिकति लाज लाग्नुपर्ने हो,लकडाउन भनेर हामीले सदन बन्द गरेर घरमा बसेर तलब भत्ता खाने,अनि श्रमिकले काम गरेन भनेर पारिश्रमिक नदिने भन्दै भट्टराईले प्रश्न समेत गरेका छन्। को तर्क छ।सरकारले व्यवसायीहरूलाई सहयोग गरेर भए पनि पूरा पारिश्रमिक उपलब्ध गराउनु पर्ने भट्टराईको जोड छ।सरकार र सत्तारुढ दलले कोरोनाविरुद्धको लडाइँमा पूरा तयारी गरिएको बताए पनि यथार्थ त्यस्तो नभएकोे भट्टराईको दावी छ।सरकारले लकडाउन लगाउने र विदेशमा रहेका नेपालीलाई नेपाल आउन नदिने २ काम सरकारबाट भए पनि अन्य काम गर्न नसकेको बताएका छन्।कोरोना परीक्षणको दायरा निकै कम भएको भन्दै परीक्षणकोदायरा बढाउन सरकार समक्ष आग्रह समेत गरेका छन्।
प्रकाशित मिति: शुक्रबार-वैशाख-२६-२०७७

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments