25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियघाँटी रेटिएको अवस्थामा शव फेला

घाँटी रेटिएको अवस्थामा शव फेला

लहान । घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ । स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।

मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिनुभयो । शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उहाँले बताउनुभयो । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments