चलचित्र ‘इन्काउन्टर’को आइटम गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको छ । उक्त आइटम गीतमा मीना निरौलाको स्वर तथा सूर्यकमल राईको संगीत रहेको छ । जसमा शब्द सृजना नारायण नेपालको रहेको छ ।
उनकाअनुसार नवीनतम् सन्देश र संकल्पसहितको फिल्म निर्माणमा आफ्नो टिम लागेको छ । इन्काउन्टरको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एनबी अञ्जान) ले गरेका हुन् । चलचित्रमा सहनिर्माता कविभक्त क्षेत्री र देवराज प्रसाई रहेका छन ।गीत सार्वजनिक कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता कुमारप्रसाद ओझाले चलचित्र इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने जानकारी दिए ।हेर्नुहोस भिडियो:
https://youtu.be/QTvPdQcJ4hI