22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedचलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा सिटौला निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा सिटौला निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति


एनपी टिभी । चलचित्र पत्रकार संघ नेपालको राजधानीमा सम्पन्न आठौं अधिवेशनबाट दिनेश सिटौला अध्यक्षमा निर्वाचित भएका छन ।

त्यसै गरी कार्यक्रम उपाध्यक्षमा जीवन पराजुली ७४ मत ल्याई विजयी भएका छन् भने समीर बलामी ८८ मत प्राप्त गरी महासचिवमा निर्वाचित भएका छन्। त्यसै गरी रघुनाथ सापकेटा १ सय ५ मत प्राप्त गरी सचिवमा निर्वाचित भएका छन्।
रघुनाथ सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवार भएका छन्। त्यस्तै विनोद पोखरेल ७२ मत प्राप्त गरी सहकोषाध्यक्षमा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको सदस्यमा नवीन गिरी, मनीष दाहाल ‘अन्जान’, मिलन ढुंगाना, गोपीकृष्ण चापागाईं, गणेश ओली (आशिष), सृष्टि पोखरेल निर्वाचित भएका छन्।

संगठन उपाध्यक्ष संगठनमा कुवेर डंगोल, महिला दीपज्योति थापा, समावेशी सचिवमा विशाल राई, कोषाध्यक्षमा प्रदीप कार्की, महिला सदस्यमा सुरक्षा भट्टराई र समावेशी सदस्यमा दीपक गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments