26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedचलचित्र ‘लक्का जवान’ को शीर्षगीत "मन त मेरो लक्का जवान" सार्वजनिक (भिडियो)

चलचित्र ‘लक्का जवान’ को शीर्षगीत “मन त मेरो लक्का जवान” सार्वजनिक (भिडियो)

हास्यकलाकार शिवहरि पौडेलले निर्देशन गरेको हास्यप्रधान चलचित्र‘लक्का जवान’ को एक गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक समारोह बीच सार्वजनिक गरिएको यो चलचित्रको शीर्षगीत ‘मन त मेरो लक्का जवान‘’को भिडियोमा धेरै कलाकार समेटिएको हो । गीत लक्का जवान भनिए पनि यो गीतमा ४० नाघेका बहुसंख्यक कलाकारको नृत्य छ गीतको भिडियोमा चलचित्रका सबैजसो कलाकार जोडी बनेर नाचेका छन् ।

गीतको भिडियोमा दिलिप रायमाझी र प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी, किरण केसी र सविता गुरुङलाई जोडीका रूपमा नचाइएको छ । यस्तै सरोज खनाल, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसीसँगै अन्सु महर्जन, विमला गिरी, मनीषा श्रेष्ठ, अनुसूया श्रेष्ठ वन्त, स्वस्तिका लामिछानेलगायतलाई पनि जोडी बनाएर यो गीतमा नृत्य गराइएको छ । चलचित्रका मुख्य कलाकार पनि यिनै हुन् । अतिथि कलाकारका रूपमा यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ पनि छन् ।औसत बनेको यो गीतको रचना डीपी खनालले र संगीत बाबुल गिरीले गरेका हुन् । गीतलाई बाबुल र मीना निरौलाले गाएका छन् । गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । राजधानी खैनिकमा खबर छ ।चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरि पौडेलकै हो । यो चलचित्रलाई आगामी २१ चैतमा रिलिज गर्ने निर्देशक पौडेलले कार्यक्रममा बताए । चलचित्रलाई ध्रुवदत्त वन्त, अनुसूया श्रेष्ठ वन्त, किरण केसी, दिलिप रायमाझी, शिवहरि पौडेललगायतले निर्माण गरेका हुन् । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments