चलचित्र ‘लप्पन छप्पन २’ को एक्सन प्याक्ड टिजर सार्वजनिक गरिएको छ । टिजरमा जालझेल र बदलाको कथा देखाईएको छ । टिजरमा कलाकारहरुलाई भिन्न अवतारमा देख्न सकिन्छ । मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन २’ आउँदो वर्षको बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय छ ।त्यस्तै चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्ता लगायतले अभिनयमा डेब्यु गर्दैछन् । भिडियो: