29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeविचारचाणक्य नीति र नश्लवाद नीतिले ब्यक्ति मात्रै सुखि बनायाे - कुमार लिङ्देन

चाणक्य नीति र नश्लवाद नीतिले ब्यक्ति मात्रै सुखि बनायाे – कुमार लिङ्देन

चाणक्य नीति र नश्लवाद नीतिले ब्यक्ति मात्रै सुखि बनायाे – कुमार लिङ्देन

अब के गर्ने ?

यतिखे जन्ताकाे हातमा श्रम छैन,दाम छैन, नवयुवाहरु घरबार धिताे बन्धक राखेर पासपोर्ट बाेकेर बीमानस्थलकाे ढाेकामा भबिष्य खाेज्दै ऋण चुक्ता गर्ने सपना बाेकेर पलायन हुन बाध्य बनायाे । गलत ब्यक्तिकाे हातमा सत्ता पुग्नुकाे नजिता धेरै दुबिधा भाेग्नु पर्ने बाध्य रहेछ ।

भुकम्पले तहसनहस पारिएको सानाे साईजकाे घर निर्माण गर्दै रिनकाे भारी छ । गलत अर्थमन्त्रीको प्रपन्च अनुरुप राष्ट्र बैंकमा अकुत धन आर्जन गर्नमा ब्यस्त छन् । किन कि प्रस्ट भन्नु पर्दा त्यसरी संकलित रकम आगामी चुनावमा प्रयाेग हुनेछ ।

यी नश्लवाद नीतिले आफु कसरी सत्तामा टिकिरहने भन्ने रणनीतिक सत्रन्जालले बास्तबिक आदिमबासि  सधैंका लागि ओझेलमा परिरहनेछन् । याे कुरा जनजाति बाट उभिएका नेताहरुले कहिले बुझ्ने हाे ।

जनजाति नेताहरु आफुलाई प्रायाेजनामा फसाउदैछन् भन्ने थाेरै साेचाई मात्रै लिएकाे भए पनि हुने थियाे, आफ्नाे बास्तबिक मुद्दाकाे उठानमा अडिग रहे पनि हुने थियाे, तिनिहरु त उल्टाे पशुलाई ढुंगा माथी छर्केकाे नुन चाटेरै भुल्ने रहेछ ।

अब समयले जन्ता जाग्नु पर्ने तर्फ औल्याउदैछ । अब पनि संघीय लाेकतान्त्रीक राष्ट्रिय मञ्च छाता संगठनलाई साथ दिन ढिलाइ भयाे भने अन्य बिकल्पकाे बिकृतीले अझै पनि टाउकाेले खुट्टा हल्लाउने नितिमा भुलि नै रहनेछ ।

हामी संघीयताको मामिला बुझेर लाेकतान्त्रीक पद्धतिमा सामेल भई पहिचान सहितकाे सहअस्तित्व वाद अंगाल्नु पर्ने बैकल्पिक बिकल्प अन्य देख्दैन । अाफ्नाे लागी आबस्यक भएर पनि अरुकाे मुख ताक्ने प्रबृत्ति आजै बाट त्यागेर बिशुद्व हुनुहाेस ।

यहा सत्तामा जाे गयाे उसैकाे मात्रै भबिष्य बनायाे लाेककाे लागि जुन सुकै निति र थिति आउदा पनि केहि फरक नपर्ने सधैका लागि गरिबी र दुखि रहिरहने अबस्था भयाे । यसर्थमा तपाईंको गाउँघर तपाईले नै बनाउने हाे तपाई नै जाग्नुस ।

तपाईंको गाउघर शेरे, केपी, प्रचण्डे र बाबुराम आएर बनाई दिने सपना नदेख्नुस, यसकाे लागि संघीयता लाेकतन्त्र, पहिचान र सहअस्तित्वबाद जिबित हुनु खाँचाे छ । कमसेकम यता पनि थाेरै साेचि हेर्नुस ।

कमसेकम तपाईले साेच्नु भएकाे सकारात्मक साेचले तपाईंको भबिष्य मात्रै नभई तपाईकाे पुस्ता समेतलाई सकारात्मक उर्जा  शक्ति बचिने हुदा अब पनि केहि साेचौं र साथ दिऔ भन्ने भावनालाई जिबित राखौं ।

तपाई हामीलाई आफ्नाे हक अधिकार स्थापना गर्नलाई अभिमतकाे आबस्यक पर्ने हुदा अहिले सम्म गरियाे अरुकाे लागि “अब गरौं आफ्नै लागी” भन्ने नारा जिबित राख्नलाई साथ समर्थनमा जुटौं बस तेति भए पु्ग्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments