काठमाडौ / ओलि सरकारले राजनीतिक दलसम्बधी अध्यादेश ल्याएपछिको प्रभाव समाजवादी र राजपामा परेको छ।
दुई दल बिच यस अघि नै एकता हुने निश्चित भएपछि एकता हुन नदिन चलखेल भएपछि अध्यादेशले थप एकता हुन मद्दत पुगेको छ।पार्टी एकीकरण बारे दुबै पार्टीको १० गते बैठक बसि चार बुदेमा हस्ताक्षर गरेको छ।जस अनुसार –
१) पार्टी एकीकरण समानताको आधारमा गरिनेछ।
२)एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुनेछ।
३) एकीकृत पार्टीको झन्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बिचमा तारा हुनेछ।
४)एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।