
बिषय प्रवेश
केही वर्ष अघि मात्र पोखरामा रहेको लखन थापाको शालिक रातारात डोजर लगाएर हटाए। धरानमा रहेको प्रपन्नचार्यको शालिक तोडियो,रुपन्देहीमा बुद्ध मुर्ती तोडियो,काँक्रे बिहारमा बुद्धको मुर्ती फुटाए,ताप्लेजुङको तिङ्बुङ पोखरीमा बिष्णुको मन्दिर स्थापनाले लिम्बू समुदायको मौलिक अस्तित्व मेटिने भन्दै बिरोध हुनु।
उपरोक्त घटना पात्रले धार्मिक साम्प्रदायिक खलल पुर्याउने दुस्साहस दुस्प्रयास गरेको स्पष्ट हुन्छ।
धरानमा पछिल्लो समयमा बुद्ध चोकमा राई समुदायको चिन्डो स्थापना गर्न भनेर मेयर तिलक राईद्वारा शिलान्यास गरिएपछि त्यहाँ एकाएक बिबाद भएको छ। शिलान्यास भएको समाचार सार्वजनिक भएपछि धरान भित्र रहेका ८ वटा गुम्बाका प्रतिनिधिले संयुक्त रुपमा त्यस स्थानमा चिन्डो नबनाउन आग्रह गर्दै मेयर तिलक राई समक्ष फागुन २३ गते शुकवार ज्ञापनपत्र बुझाएको छ।ज्ञापनपत्र बुझाएपछि विवाद सतहमा आएको हो।बुद्ध चोक नामाकरण भैसकेको स्थानमा चिन्डो स्थापना गर्दा बुद्ध चोक नाम अस्तित्व मेटिन्छ भन्ने मुख्य आशंका थियो।तर चिन्डो स्थापना गर्न हुन्न भन्ने कुनै मनसाय भने थिएन। स्थापित नाम कालान्तरमा अस्तित्व मेटिने भएकोले नै चिन्डो स्थापना नगर्न ज्ञापनपत्र बुझाएको हो।
यसरी स्थापित नाममा प्रतिमा स्थापना गर्दा धरान ११ को बिचमा रहेको स्वस्तिक चोकमा पानी ट्याङ्की निर्माण गरिएपछि चोकको नाम हराउँदै पानीट्याङ्की भन्न थालिएको छ।चोकको नाम बोर्डमा लेखेर राख्दा पनि स्थापित नाम सजिलो रुपमा पानीट्याङी नै भन्न थालियो।त्यस्तै मुद्दा बिजयपुर दरवार क्षेत्रमा पनि भयो।आईयुडिपी खानेपानी परियोजनाले त्यस क्षेत्रमा खानेपानी ट्याङ्गी निर्माण गर्ने भनिएपछी ऐतिहासिक दरवार खानेपानी ट्याङ्कीको नामले चिन्ने भएपछि अस्तित्व नामेट हुन्छ भनेर चार किरातले आन्दोलन गरेका थिए।तथापी त्यहाँ अन्य कारण पनि रहेका छन।यसरी निरन्तरको आन्दोलनले अन्ततः त्यहाँ खानेपानी ट्याङ्गी निर्माण गर्न नै सकेन।घना बन फडानी गरियो।चार किरात सरोकारवालासंग छलफल नगरी बन फडानी गरेको आरोप लाग्यो।अहिले खानेपानीको ट्याङ्की निर्माण भन्दा पनि ऐतिहासिक संरचना संरक्षण हुनुपर्छ भन्ने भएपछि त्यहाँ आन्दोलित चार किरातको संरचा सहित सो ऐतिहासिक स्थानमा तारबार लगाएर संरक्षण गर्ने भएको छ। आईयुडिपिले यसरी फडानी गरेको स्थानमा तार बेरा मात्र नभै चार किरातका पहिचान झल्कने प्रतिमा समेत स्थापना गर्न भनेर चालू आर्थिक वर्षमा २ करोड ४० लाख बजेट समेत बिनियोजन गरेको छ।शहरी बिकास मन्त्रालय अन्तर्गतको सो बजेट कार्यान्वयन गर्नको लागि चार किरातले आफ्नो सांस्कृतिक पहिचान प्रतिमा स्थापना गर्न छलफलको लागिपत्राचार समेत गरिएको छ।त्यहाँ याक्खा समुदायले डोकेनीको प्रतिमा स्थापना गर्ने भनेर निर्णय समेत गरिसकिएको छ।
धरान १८ स्थित बुद्ध चोक नामाकरण हुनुमा रत्न चोक र शिव मार्गमा सँधै झैझगडा कोलाहल भैरहने भएकोले बिचमा मात्र शान्त भएकोले शान्तिको ठाउँ भएकोले बुद्ध चोक राखिएको कुरा मेयर तिलक राईले ज्ञापनपत्र बुझाउने क्रममा बताए।नामसंगै त्यहाँ बुद्धको प्रतिमा राख्न समेत आफुले पहल गरेको मेयर तिलक राईले बताए।मुर्ती राख्न रेमबहादुर सहित आफू गुम्बा बिकास समितिसम्म पुग्दा कोहि दाता समेत नपाएको बताए।तेतिमात्र होइन त्यहाँ मुद्दा समेत परेको बताए।बुद्धको प्रतिमा राख्न खोज्दा कसैले बुद्धको मुर्ती चोकमा राख्न नहुने फोहोर हुने लात लाग्ने भएकोले भित्र मात्र राख्नुपर्ने कुरा समेत आएको बताए।ज्ञापनपत्र बुझ्ने क्रममा श्याम चोकमा मनमोहनको प्रतिमा राखिएको भए पनि श्यामचोकको नाम यथावत रहेको तर्क दिए।तर मैले नै माथि उल्लेखित बिजयपुरको घटना र धरान ११ स्वस्तिक चोकमा बनेको पानीट्याङ्किले नाम अस्तित्व मेटाउने अनि मेटाएको उदाहरण प्रमाण मेयर समक्ष राखेको थिएँ।
बुद्ध चोक नामाकरण हुनुमा राई जातिकै एकजना वृद्धले ढुंगा गाडि त्यो ढुङ्गामा धागोले बाँधेर राखेकोले उनै वृद्ध बुद्ध राईको नामबाट बुद्ध चोक रहेको कुरा मोइयासाइमा नाम्बोछा चाम्लिङको दाबी छ।कुरा जे भए पनि पहिचान र अस्तित्वको आएको छ। राई जातिको पहिचान विरुद्ध बोलिएको पनि होइन राख्न हुन्न पनि भनिएको होइन।एक अर्काको अस्तित्व नामेट हुन्छ भन्ने चिन्ता पक्कै हो।तर त्यो चोकको नाम कुनै राई ब्यक्ति बुद्धको नामबाट भएको तथ्य छैन।यदि राई ब्यक्तिको नामबाट चोक नामाकरण भएको भए हालका मेयर तिलक राईले तेतिबेला बुद्धको मुर्ति राख्न हरदम पहल गर्ने थिएन।र मुद्दा समेत हुने थिएन ।मेयर तिलक राईकै भनाई तथ्यपरक देखिन आउँछ।

चिन्डोको निर्माण लागत:
बुद्ध चोकमा बन्न लागेको चिन्डो कुल लागत १३ लाख ५० हजार भएको जनाएको छ।यसमा धरान उपमहानगर वडा नम्बर १८ को ८ लाख विनियोजन भएको छ।त्यस्मा स्वर्गीय नरप्रसाद राईको स्मृतिमा ५ लाख ५१ हजार आर्थिक सहयोग रहने जनाएको छ।बाँकी रकम स्वर्गीय राईकी श्रीमति दुर्गामाया, छोरीहरु आशा राई, कुमारी राई, पञ्चकला राई र शकुन्तला राईबाट आर्थिक सहयोग प्राप्त हुने जनाएको छ।
चिण्डोको विकल्प के?
सबैलाई आफ्नो पहिचान र अस्तित्वको अवस्य माया हुन्छ।पछिल्लो समयमा राई समुदायले देश बिदेशमा चिण्डो स्थापना गर्न ब्यापकता दिएको छ। देश पहिचानको मुद्दामा संघर्षरत छन। प्रदेशकै नामाकरणमा पनि आदिमबासिको पहिचानका आधारमा नामाकरण हुनुपर्छ भनेर आवाज उठिरहेका छ्न।तर राज्य त्यो विरुद्ध लागिरहेका छन ।आदिमबासिलाई पेल्ने र उस्को पहिचान बल मिचाईबाट नामेट पार्ने काममा लागेको छ। त्यस्तै खालको सानो उदाहरण साबिक बुद्ध चोक नाम मेटिने होकि भनेर चिन्तित बौद्ध धार्मिक गुम्बा तथा आस्था रहेका समुहहरुको हो।
अब यो विवाद सतहमा आईसकेको छ।के त्यहाँ चिन्डोको प्रतिमा नबनाई हुदैन त?त्यो बाहेक अन्य क्षेत्रमा लगानी गर्न सकिँदैन त?यी यस्ता प्रश्नहरु अवस्य उठेका छन।तर तेतापट्टि ध्यान नदिएर नै यस्तो भएको हो। मेरो सुझाब त्यहाँ चिण्डो स्थापना गरेर जति पुण्य कमाईन्छ अर्थात पहिचान स्थापित गरिन्छ त्यति नै स्याबासी पाउन अन्य क्षेत्र पनि छ्न। कुन १३ लाख ५० हजारलाई कुनै अक्षयकोष स्थापना पनि गर्न सकिन्छ । स्वर्गीय नरप्रसाद राईको नाममा स्थापना गरिएको अक्ष्यकोषले मृगौला पिडित बिरामी,मुटुरोगी बिरामी,अबिभावक बिहिन बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षामा पनि लगानी गर्न सकिन्छ।यतिबेला विभिन्न रोगले मानिस आर्थिक अभावमा चन्दा संकलनमा मिडियामा समेत आईरहेका छ्न।यस्तो अवस्थामा त्यस कोषबाट आर्थिक सहायता प्रदान गर्दा पक्कै पनि स्वर्गीय नरप्रसाद राईको आत्मा शान्ती मिल्नेछ।त्यसो त चिन्डो स्थापना गर्नु र अक्षयकोष स्थापना गरि समाजसेवा गर्नु फरक फरक क्षेत्र हुन।एकातिरको अपेक्षा अर्को कामबाट सन्तुष्टि अवस्य हुदैन।तर बिबादित बिषयलाई समाधान गर्ने एउटा बाटो पनि हो।अर्को कुरा दाताको आर्थिक सहयोग फिर्ता हुन नदिन तथा मानबिय सेवा संबेदना तर्फ ध्यानाकर्षण गराउन पनि जरुरत छ।

के भन्छ जनता:
बुद्ध चोकमा चिण्डो निर्माण गर्ने समाचार सार्वजनिक भएपछि पक्ष र विपक्ष गरि दुई भागमा नै बिभाजन भएको छ।चिन्डो निर्माण गर्दा बुद्ध चोकको नाम नामेट हुदैन भनेर एकातिर कुरा गरिरहेका छन भने अर्कातर्फ साबिक नाम जे थियोे त्यही अनुसारको प्रतिमा बनाउनु नै राम्रो हुनेछ भनेर तर्क अगाडि सारेका छन।बुद्ध चोक राई ब्यक्तिको नामबाट राखिएकोले त्यहाँ चिण्डो राख्दा कुनै आपत्ति नहुने चिण्डो पक्षधर बताउछन। प्रभाश्वर चाम्लिङले चिण्डो स्थापना नै गर्ने भए भानुचोकमा राख्न चुनौती दिएको छ।यसरी दुई खेमामा बाँडिएर अहिके सामाजिक संजाल एउटा घोचपेचको बिषय बनेको छ।पत्रकार महेस श्रेष्ठले चिण्डो स्थापनाको बिषयमा “महामानव वि.पि. कोइराला”को सालिक स्थापना गर्ने भनेर तत्कालीन तरुण दलका नेता हालका मेयर साबले शिलान्यास नै गर्नुभाथ्यो रे नि बुद्धचौकमा !? भनेर सामाजिक संजालमा स्टाटस लेखेपछी थप बहसको बिषय बनेको छ।हर्क साङ्पाङ आफ्नो सामाजिक संजालमा धरान १८ बुद्ध चौकमा चिन्डो बनाउँदा बिरोध भए पछि त्यस्को बदला “आरा काट्दै गरेको = धरान” कै प्रतिमा बनाउँदा राम्रो । मुद्दा लागेर काम रोकिनु भन्दा ! सल्लाह मेरो भनेर लेखेको छ।नेपाली काङ्ग्रेस सुनसरी सचीव तथा नेफिन सुनसरी पुर्व अध्यक्ष सुजेन्द्रबाबुक(चिण्डाे) माथि थप १ तला बनाएर बुद्वकाे प्रतिमा समेत निर्माण गर्दा सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने । बाबुककाे लागि चिण्डे डाँडा र किराँत चाैक पनि उपयुक्त हुन्छ । स्थानिय युबा राजेश खिम्दुङ चिण्डो स्थापना गर्न आफ्नो चोक खाली भएको र बुद्ध चोक नमेटाओ भन्ने सुझाव दिन्छ्न।
अन्त्य,
हेर्दा सानो कुरा भए पनि यो कुराको विवाद सतहमा आईसकेको छ। कोहि कसैको विरुद्ध नभए पनि अस्तित्व र सहअस्तित्व अनि पहिचान कै लागि सबै लागि परेकै हो। हारजितको दृस्ठिकोणबाट हेर्नै सकिँदैन।एउटाको अस्तित्व नामेट गरेर अर्कोको अस्तित्व स्थापित गर्नु वर्तमान नश्लिय शासकको ब्याबहार जस्तै हुनेछ।के पाउ निहु भनेर बिपक्षी लागिपरिरहेको बेला यस्ता सानातिना देखिएका कुरा भारी हुनसक्छ । एकपटक चिण्डो स्थापना गरेर जित महसुस गरिए पनि त्यो जित पराजयमा परिणत हुनसक्दैन भन्न सकिन्न। तत्कालीन अवस्थामा बुद्धको मुर्ति राख्न खोज्दा मुद्दा लागियो भनिए पनि अबको अवस्थामा त्यहाँ चिण्डो भन्दा बुद्धको मुर्ति राखे जित अवस्य आफ्नो पक्षमा जानेछ।तर त्यहाँ चिण्डोको सट्टा बुद्ध मुर्ति राख्नुपर्छ भन्ने अवस्य होइन।आजसम्म खुल्ला रहेको स्थान जो बुद्ध चोकले चिनिरहेको छ त्यो क्षेत्र बिपि क्याम्प अस्पतालको हिसाबले पनि यातायात आवातजावत खुल्ला हुनु नै उत्तम हुनेछ । सवारिलाई कसरी खुल्ला बनाएर दुर्घटना कम गर्ने भन्ने कुरा नै बुद्धिमता होला।अब उपरान्त जुनसुकै जातजाति धर्म संस्कारबाट स्थापित नामाकरनलाई नामेट पार्ने काम नगरेको नै बेस हुनेछ।यदि नयाँ ठाउँ खुल्ला क्षेत्र भएको अवस्थामा भने यसरी अगाडि बढ्न सकिन्छ।
