चितवनको टिकौली चौरमा शुक्रबारदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रममा बाल गायक अशोक दर्जी र संगीतकार टंक बुढाथोकीले प्रस्तुति राखेका छन् । चिस्सिदै गएको मौसममा बाल गायक अशोक र संगीतकार बुढाथोकीले गाउँदा माहौल तातेको थियो । ‘मन विनाको धन ठुलोकी धन विनाको मन’ बोलको गीत गाएर चर्चामा आएका दर्जीले महोत्सवको स्टेजमा उनले आफ्नो कला प्रस्तुत गरेका हुन् । उनले संगीतकार टंक बुढाथोकीसँगै एक दर्जनभन्दा बढी गीत गाएका छन् ।
मन विनाको धन ठुलोकी धन विनाको मन, जति धर्म गरे पनि दिनका दिन सकिदैन बा आमाको तिर्न ऋण बोलको गीतले दर्शकलाई भाबुक बनायो । उनको गुन्जाईले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थियो । एक दर्जन गीत गाउँदा उनीहरुले मन विनाको धन ठुलो कि धन विनाको मन र जति धर्म गरे पनि बोलको गीतमा दर्शकको हुटिङसँगै वान्स मोर पाएका थिए । भिडियो: