30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियचितवनमा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमितको मृत्यु


काठमाडौं । नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको निधन भएको छ । उनको आज बिहान ७ः०५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको निधन भएको हो । चिकित्सकका अनुसार कोभिड–१९ निमोनियाका कारण उनको निधन भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने÷नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट निधन भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताउनुभयो ।

परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments