20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeसमाचारचिनियाँ परराष्ट्र मन्त्रालयले पठायो स्वास्थ्य सामग्री

चिनियाँ परराष्ट्र मन्त्रालयले पठायो स्वास्थ्य सामग्री


चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग र नेपालस्थित चिनियाँ दूतावासले अनुदानमा पठाएका अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरण बुधबार स्वास्थ्य मन्त्रालयले बुझेको छ । चीनले १० हजार थान केएन ९५ मास्क, तीन लाख ३८ हजार सर्जिकल मास्क तथा नाै हजार थान पिपिई र प्रोटेक्टिभ गगल्स हस्तान्तरण गरेको चिनियाँ दूतावासले जनाएको छ ।

चीनको गान्सु प्रान्त अनि त्यहाँको सहरी तथा ग्रामीण विकास लगानी समूहले पिपिईलगायतका सामग्री बागमती र प्रदेश ५ लाई यसअघि दिइसकेका छन्। हैनान प्रान्तको बुद्धिष्ट एसाेसिएसन, सेन्जेन सिटीको होंफा मन्दिर तथा लुम्बिनीस्थित चिनियाँ मन्दिरबाट नेपाललाई दुई लाख थान डिस्पोजेबल सर्जिकल मास्क, १० हजार थान केएन ९५ मास्क हस्तान्तरण गरिसकेको चिनियाँ दूतावासले जनाएको छ । कोभिड– १९ विरुद्धको लडाइँमा चीनले नेपाललाई थप सहयोग जारी राख्ने पनि चिनियाँ दूतावासले जनाएको छ ।

यसअघि चीनको सिचुआन, तिब्बतलगायतका प्रान्तहरूले विभिन्न समयमा नेपाललाई अत्यावश्यक मेडिकल सामग्री तथा औषधि उपलब्ध गराउँदै आएका छन् । नयाँ पत्रीकाबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments