16.1 C
Kathmandu
Monday, December 11, 2023
Homeसमाचारचिन्डो बनाउदा बुद्ध चोकको नाम मेटिने

चिन्डो बनाउदा बुद्ध चोकको नाम मेटिने

धरान / धरान १८ स्थित बुद्ध चोकमा चिन्डो स्थापना गर्ने कुरा भएपछि बुद्ध चोक नाम मेटिने भन्दै ध्यानाकर्षण गराएको छ।

शुकवार धरानमा रहेका ८ वटा गुम्बाका प्रतिनिधिले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई भेटेर लिखित रुपम ज्ञापनपत्र बुझाएको छ।हाल बुद्ध चोक नामाकरण रहेको धरान १८ मा राई जातिको चिन्डोको प्रतिमा बनाउदा त्यहाँको नाम हटिने होकि भनेर आएको कुरा हिमालयन महायानी देछेन छोलिङ गुम्बाका अध्यक्ष ङावालप्टु शेर्पाले बताए।ज्ञापनपत्रमा ङाग्युर ङिङ्मा ङ्युङ्ने ल्हागाङ गुम्बा धरान १५,नेपाल बौद्ध गुम्बा धरान १८,स्वयम्भू चैत्य महाबिहार धरान धरान १२,उर्गेन छोलिङ गुम्बा धरान ५,हिमालयन महायान रिन्छेन छोलिङ गुम्बा धरान ८,हिमालयन महायान देछेन छोलिङ गुम्बा धरान १८, क्षाबेनाङ्ज्यो शिङ्सा छोलिङ गुम्बा धरान १५,ङाग्युर ङिङ्मा टासी च्जोलिङ गुम्बा धरान २० का प्रतिनिधिले संयुक्त रुपमा हस्ताक्षर गरि ज्ञापनपत्र बुझाएको हो।

धरान १८ स्थित बुद्ध चोकमा किरात राई जातिको सांस्कृतिक महत्त्वका रुपमा रहेको वाबु (चिन्डो)को प्रतिमा चौकको बिच भागमा स्थापना गर्ने भन्ने खबर र सोको शिलान्यास भएको कुरा विभिन्न संचार माध्यमबाट जानकारी भएकोले ध्यानाकर्षण भएको बिज्ञप्तिमा जनएको छ।स्थलगत रुपमा हेर्दा प्रतिमा निर्माण गर्न खाल्डो खनिएको पाएको जनाएको छ। यस किसिमको कार्यले तत्कालीन घोपा गाउँ पन्चायतको पालादेखि सो स्थान महामानब शान्तिका अग्रदुत भगवान बुद्धको नामबाट नामाकरण भएको ऐतिहासिक तथ्य र उक्त स्थानमा भगवान बुद्धको प्रतिमा स्थापना गर्ने यस बिचमा भएका प्रयासहरुलाई उपेक्षा गरिएको अनुभुती भएको बिज्ञप्तिमा उल्लेख छ।छुट्टै ऐतिहासिक तथा धार्मिक महत्त्व भएको स्थानमा सो किसिमको कार्यले नेपाल बहुजातीय बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रको रुपमा रहेको र नेपाली समाज बिचमा भएको धार्मिक सहिष्णुतालाई खलल पार्दै नेपालको नेपालको संविधानले प्रदत्त गरेको धार्मिक स्वतन्त्रताको हक र समानताको हकले निर्दिष्ट गरेको अधिकारलाई कुन्ठित पार्ने हाम्रो ठम्याई रहेको उल्लेख छ।बिज्ञप्तिमा प्रतोमा निर्माण अबिलम्ब रोकि बुद्ध चोकको नाम अनुसारको शान्तिका अग्रदुत भगवान बुद्धको प्रतिमा स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिदिन आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै मेयर तिलक राईले त्यहा चिन्डो स्थापना गर्दैमा बुद्ध चोकको नाम नमेटिने जिकिर गरे।उनले श्याम चोकमा मनमोहनको शालिक स्थापना गरेको उदाहरण दिदै त्यहाँ श्याम चोक मेटेर मनमोहन चोक नभएको उदाहरण दिए।उनले यो राजनीतिक धमिल्याउने काम भएको भन्दै सामाजिक सन्जालमा समेत यस्ता कुरा आएकोमा दुख लागेको बताए। आफू मेयर भएकोले धरान उपमहानगरको बजेटले नबनाएको स्पष्ट पारे।बिगत पाँच वर्ष अघिदेखि वडा नम्बर १८ को वडाबासिले गरेको निर्णय भएको बताए। आफुलाई समेत शिलान्यासको जानकारी नभएको त्यहाँको सेन्टर पोइन्ट हेर्न प्राविधिकसंग जाँदा शिलान्यासको कार्यक्रम समेत भएको बताए।बुद्ध चोक नाम आफ्नै पालामा राखिएको बताए।नजिकै रत्न चोक र शिव मार्गमा झैझगडा हिने भएकोले बिचमा शान्त भएकै कारण बुद्ध चोक नामाकरन गरेको बताए।त्यहाँ बुद्धको मुर्ति राख्ने पहल हुँदा मुर्ति दिने दाता समेत नपाएको बताए।त्यस बेला बुद्ध पाखामा राख्ने नै होइन भित्र राख्नुपर्ने भनेर बिबाद भएको र मुद्दा समेत परेको बताए।मेयर राईले अझै पनि छलफल गर्न सकिने भन्दै बुद्ध चोक नामाकरन नमेटिन कस्तो खालको काम गर्दा राम्रो हुन्छ सुझाब दिन आग्रह गरे। साकेलाको शुरुआत समेत त्यहीँबाट गरिने भएकोले पनि त्यहाँ प्रतिमा बनाउन लागेको मेयर राईले बताए।जस्ले पर्यटन प्रबर्द्धनमा टेवा मिल्ने बताए।साकेलामा काटमार समेत हुने भएकोले बुद्धको मुर्ति राखदा थप असर समेत पर्ने कुरा भएको मेयरले बताए।

चिन्डो निर्माण गर्न यहि आईतवार शिलान्यास भएको हो।निर्माणका लागि वडाको बजेट ८ लाख रुपैया र स्वर्गीय नरप्रसाद राईको स्मृतिमा ५ लाख ५१ हजार आर्थिक सहयोग सहित कुल १३ लाख पचास हजारमा निर्माण कार्य थालिने जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments