26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedचीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरूको सम्झनामा शनिबार देशभरि शोक मनाउने...

चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरूको सम्झनामा शनिबार देशभरि शोक मनाउने ,महामारीको चेतावनी दिने डाक्टरलाई सहिद घोषणा

चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरू सम्झनामा शनिबार देशभरि शोक मनाउने भएको छ।

चीनको मन्त्रिपरिषद्ले शुक्रबार कोरोना भाइरसबाट ज्यान गुमाउने ३ हजार ३ सय २२ जना नागरिकको सम्झनामा शोक मनाउने निर्णय गरेको हो।

सबै चिनियाँ नागरिकहरूलाई बिहान ठ्याक्कै १० बजेपछि तीन मिनेटसम्म मौनधारण गर्न भनिएको छ भने गाडी र डुंगा चालकहरूलाई आफ्नो सवारीको हर्न बजाउन लगाइएको छ।

शनिबार चिनियाँ परम्परागत पर्व चिङमिङ पनि हो। चिङमिङमा चिनियाँहरूले आफ्ना दिवंगत पुर्खाहरूलाई सम्झने गर्छन्। पहिला-पहिला यो दिन परिवारका मानिसहरू ठूलो संख्यामा भेला भएर पुर्खाहरूलाई सम्झने गर्थे। कोरोना भाइरसको नयाँ संक्रमण थपिने डरले सरकारले यसपालि सबैलाई घरमै बस्न भनेको छ।

भोलि चीनभित्र र उसका बाहिरका कूटनीतिक नियोगहरूमा चिनियाँ झन्डा आधा झुकाइने छ। सन् २००८ यता तीन पटक यसरी दिवंगतहरूको सम्झनामा तीन पटक शोक मनाइएको छ। २००८ मेको सिचुवान प्रान्तको भुइँचालो, २०१० अप्रिलको युसु भुइँचालो र २०१० अगस्ट २०१०को गान्सुको पहिरोमा परी ज्यान गुमाउनेको सम्झनामा पनि यसरी नै शोक मनाइएको थियो।

यसैबीच कोरोना भाइरसको उदगम विन्दु चीनको हुबेई प्रान्तले कोरोना महामारीको चेतावनी दिने डाक्टरलाई सहिद घोषणा गरेको छ।

डाक्टर ली वेनलियाङले डिसेम्बरको अन्त्यतिर नै कोरोना भाइरसले महामारीको रूप लिने चेतावनी दिएका थिए। उक्त चेतावनीपछि प्रहरीले उनलाई हिरासतमा लिएर केरकार गरेको थियो। पछि बिरामीको उपचारमा खटिएका लीको गत फेब्रुअरीमा कोरोनाको संक्रमण भएर मृत्यु भएको थियो। वुहान प्रहरीले उनको मृत्युपछि माफी मागेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments