22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रियचौरजहारी घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

चौरजहारी घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पश्चिम रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीमा शनिबार बेलुकी भएको घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले घटनाको सत्यतथ्य जाँच र अनुसन्धान गरी आफ्नो रायसहितको प्रतिवेदन पेस गर्न पाँच सदस्यिय छानबिन समिति गठन गरेको जानकारी दिए ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा वरिष्ठ प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान र महान्याधिवक्ता कार्यालयका प्रतिनिधिहरु तथा गृह मन्त्रालयको उपसचिव रहेको छानविन समिति बनाएको उनले बैठकमा जानकारी दिए ।

गृहमन्त्री थापाले सामाजिक सद्भाव, जातीय सद्भाव र शान्ति सुरक्षा कायम गर्दै दुई जिल्ला प्रहरी कार्यालयबीच समन्वयात्मक रुपमा घटनाको अनुसन्धान र वेपत्ताको खोजी भइरहेको बताए ।

उनले बेपत्ताकाे खाेजीका लागि गोताखोरसमेत परिचालन गरिने बताए ।

उनले घटनामा मृत्यु भएका परिवारप्रति दुःख व्यक्त गर्दै घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, प्रेमिका, प्रेमिकाको बुबा, र आमासहित १२ जनालाई पक्राउ गरी प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको जानकारी दिए ।

केटापक्षबाट गएका घाइते अवस्थामा पक्राउ परेका १२ जनालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा लगाइएको उनले बताए ।

शनिबार साँझ चौरजहारी नगरपालिका–८ मा प्रेमिकालाई भगाएर विहे गर्न गएका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित १८ जनालाई गाउँलेले ढुंगामुढा गरी खेदाएका थिए ।

भाग्ने क्रममा नदीमा हाम्फालेकामध्ये तीन जना अझै वेपत्ता छन् ।

घटनामा प्रेमी नवराज विक, उनका साथी टिकाराम नेपाली र गणेश बुढा मगरको भने शव फेला परेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments