धरान / रुकुम जिल्लाको चौरहजारमा नवराज बिक सहितको ६ जनाको ज्यानजाने घटनाको जनता समाजवादी पार्टी दस जोड एकले घोर बिरोध जनाएको छ।
घटनाको निन्दा गर्दै दस जोडबाट खगेन्द्र माखिम, अध्यक्ष- लिम्बुवान राष्ट्रिय समिति
जुद्द ढाक्रे, अध्यक्ष- किरात राष्ट्रिय समिति
लाक्पा शेर्पा, ईन्चार्ज- शेर्पालुङ राष्ट्रिय समिति
मा. जयराम यादब, अध्यक्ष – मधेस राष्ट्रिय समिति
कृष्ण घलान, अध्यक्ष – ताम्सालिङ राष्ट्रिय समिति
मनरत्न शाक्य, अध्यक्ष- नेवा: राष्ट्रिय समिति
दलमर्दन कामी, अध्यक्ष-शिल्पी विशेष प्रदेश समिति हुम गुरुङ, अध्यक्ष- तमुवान राष्ट्रिय समिति
सरुन बाठा मगर, ईन्चार्ज- मगरात राष्ट्रिय समिति
हेमन्त मान्डब्य, अध्यक्ष – खसान राष्ट्रिय समिति
होरिलाल चौधरी, अध्यक्ष- थरुहट राष्ट्रिय समितिले हस्ताक्षर गरेका छन।
बिज्ञप्तिमा नेपालमा नवराज बिकजस्ता नागरिकहरू शिल्पी (दलित) भएकै कारणले मारिएका छन्, मारिँदै आएका छन् । यो मुलुकमा जातीय विभेदको अन्त्यका लागि पटकपटक आन्दोलनहरू भए । तर, कथित् उपल्लो जातको अपराध झन संस्थागत भएर गएको छ भनिएको छ । यस्तो अमानवीय जातीय नरसंहार २१ औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसकिने अपराधिक कुकृत्य हो भन्दै यो जातीय विभेदको निकृस्ट, क्रूर, अपराधिक घट्नाप्रति हामी घोर भर्त्सना गर्दछौं भनिएको छ।
मिति २०७७ जेठ १५ गते ।
प्रेस विज्ञप्ति
जाजरकोट जिल्ला भेरी नगरपालिकाका नवराज बिक र रुकुम चौरजहारी सोतीकी सुस्मा मल्लबीचको प्रेम सम्बध, अन्तरजातीय विवाहको प्रयत्न हुने क्रममा नवराज बिक सहित ३ जनाको निर्मम हत्या भएको र अन्यलाई बेपत्ता पारिको क्रुर हत्याकाण्डले जनता समाजवादी पार्टी, नेपाल १०+१ का राष्ट्रिय समितिहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्तो अमानवीय जातीय नरसंहार २१ औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसकिने अपराधिक कुकृत्य हो । यो जातीय विभेदको निकृस्ट, क्रूर, अपराधिक घट्नाप्रति हामी घोर भर्त्सना गर्दछौं ।
नेपालमा नवराज बिकजस्ता नागरिकहरू शिल्पी (दलित) भएकै कारणले मारिएका छन्, मारिँदै आएका छन् । यो मुलुकमा जातीय विभेदको अन्त्यका लागि पटकपटक आन्दोलनहरू भए । तर, कथित् उपल्लो जातको अपराध झन संस्थागत भएर गएको छ ।
संविधानत: संघीय लोकतान्त्रिक गणतन्त्रत्मक धर्मनिरपेक्ष राज्य नेपालमा मनुवादी परम्परा अनुसार नै शिल्पी समुदायमाथि अन्याय, अत्याचार, हत्या र हिंसा भइरहेको छ। मनु वर्णाश्रम व्यवस्थालाई परास्त नगरेसम्म शिल्पीहरू यसैगरी हत्या-हिंसाको शिकार भइरहने प्रष्ट छ।
वर्णश्रम ब्यावस्था समाजलाई विभाजन गरेर शासन गर्ने परम्परागत दास तथा अर्धदास प्रथाको निरन्तरताका रूपमा रहेको जातीय विभाजनको चरम रूप हो । मानिसलाई मानिसका रूपमा नहेर्ने, रंग र जातिका आधारमा विभेद गर्ने दासयुगीन परम्परा हो । अब यस्को जरा उखेलीनु पर्दछ ।
विधितै छ, शासकहरुले जति नै आदर्शका मिठा मिठा कुरा गरेता पनि विभेद उनको मन भित्र छ, घरमा, समाजमा, वर्ग, जाती, लिङ्ग, वर्ण, धर्मको नाममा व्याप्त छ । नेपालमा यस्ता घृणित, पासविक र क्रूर घट्नामा संलग्न कथित उपल्लो जातका अपराधीले अहिले पनि त्यही सत्ताको साथ पाइरहेका छन् । शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असफलता र सरकार बिहिनताको स्पष्ट संकेत हो । यो पश्चिम रुकुम घट्नामा संलग्न अपराधीहरु जिम्मेवार ब्याक्तीहरु रहेकोले सत्तापक्षले अपराधीहरुलाई जोगाउने प्रयत्न गर्नेछ । त्यसैले, तत्काल सर्वपक्षीय/सर्वदलीय छानविन समिति गठन गरी सत्यतथ्य विवरण सार्वजानिक गर्न र अपराधीहरूलाई अविलम्ब हदैसम्मको कार्बाही होस् भनी जनता समाजवादी पार्टी, नेपाल १० प्लस १ का राष्ट्रिय समितीहरु जोडदार माग गर्दछौं ।
हामी नेपाल सरकारलाई भन्न चाहन्छौं: ” मान्छे- मान्छे बीचहुने जातीय विभेद, छुवाछूत प्रथाको अन्त्य गर । यसको उलंघन गर्नेलाई हदैसम्मको कार्बाहीको ब्यवस्था गर । छानविनको नाममा कथित उपल्लो वर्गको अपराधलाई ढाक छोप नगर, पीडितलाई झन् पीडित नबनाऊ । मनुवादी वर्णाश्रम व्यवस्था नै मानव इतिहासको सबभन्दा ठूलो कलंकको रूपमा रहेको छुवाछुत र जातपातजन्य विभेद र अपराधको मुख्य श्रोत भएकाले त्यसलाई सदाको निम्ति अन्त्य गर।”
शिल्पि समुदायको बसोबास देश ब्यापी छ ।
रुकुमको घट्ना जस्तै अरु ठाउँमा पनि घट्न सक्छ । रुकुममा जागेको ब्राह्मणत्व अरु ठाँउमा पनि जाग्न सक्छ । रुकुममा ईस्खलन भएको कथित क्रान्तिकारीता अरु ठाँउमा पनि ईस्खलित हुन सक्छ । त्यसैले यो जातीय विभेदका कारण घटेको सामुहिक हत्याकाण्ड जस्तो जघन्य अपराधको विरुद्ध एक जुट भइ आआफ्नो ठाँउबाट उत्रन हार्दिक आव्हान गर्दछौं ।
अन्त्यमा, उक्त घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्देैछौं । घटनामा वेपत्ता पारिएकाको तत्काल खोजि गर्न, घाइतेहरुको उपचार, पीडित तथा मृतकका परिवारलाई तत्काल राहत पुर्याउन साथै सम्पूर्ण घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौं ।
संघीय अभिवादन ! जय मातृभुमी !
खगेन्द्र माखिम, अध्यक्ष- लिम्बुवान राष्ट्रिय समिति
जुद्द ढाक्रे, अध्यक्ष- किरात राष्ट्रिय समिति
लाक्पा शेर्पा, ईन्चार्ज- शेर्पालुङ राष्ट्रिय समिति
मा. जयराम यादब, अध्यक्ष – मधेस राष्ट्रिय समिति
कृष्ण घलान, अध्यक्ष – ताम्सालिङ राष्ट्रिय समिति
मनरत्न शाक्य, अध्यक्ष- नेवा: राष्ट्रिय समिति
दलमर्दन कामी, अध्यक्ष-शिल्पी विशेष प्रदेश समिति
हुम गुरुङ, अध्यक्ष- तमुवान राष्ट्रिय समिति
सरुन बाठा मगर, ईन्चार्ज- मगरात राष्ट्रिय समिति
हेमन्त मान्डब्य, अध्यक्ष – खसान राष्ट्रिय समिति
होरिलाल चौधरी, अध्यक्ष- थरुहट राष्ट्रिय समिति