लिम्बुवान माटाेले ०७३ सालमा धेरै मूर्धन्य व्यक्तित्वहरू गुमायाे । त्याे साल लिम्बु समुदायका धेरै सम्भावना बाेकेका व्यक्तिहरू एकातर्फ गुमायाैँ भने अर्कातिर लिम्बुवान आन्दाेलनमा जाेडिएका बलिया हस्ताक्षरहरू हामीबाट ओझेल भए ।
यसै सेराेफेराेमा राष्ट्रिय मुक्ति अान्दाेलन र लिम्बुवान आन्दोलनका एक शिखर पुरुष कमल छाराहाङ आठपहरीया दाजुलाई पनि ०७३ चैत ५ गते गुमाएका थियौं । उनकाे निधनमा राष्ट्रिय मुक्तिकाे आन्दोलनमा लागेका हजाराैँ जुझारु मनहरूलाई विक्षिप्त र शाेकाकूल बनेकाे थियाे । प्रवासी जीवनकाे व्यस्तता र यान्त्रिकताले सामाजिक सञ्जालमा आर्.आई.पी .सम्म लेख्न नभ्याउँदा दुःख झन् छट्पटीमा बदलिँदो रहेछ ।
पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटी ठूलाे ।’
तथापि, दिवङ्गत दाजुकाे व्यक्तित्वका बारेमा लेख्न र बाेल्न सक्ने पूर्ण जानकार नरहेको हुँदा संक्षेपमा उनलाई सम्झने यत्न हाे ।
छाराहाङ सम्भवत: लिम्बुवान आन्दाेलनमा लागेका गैरलिम्बूहरूमध्ये सबैभन्दा प्रस्ट विचारक थिए । दार्शनिक, बाैद्धिक र सन्त स्वभावका छाराहाङ कुनै बेला बृहत् किरात स्वायत्त राज्यकाे मुद्दा उठाइरहेको किरात राई यायाेक्खाका केन्द्रीय उपाध्यक्ष रहिसकेका थिए । तर, पछिल्लो दशक उनी आठपहरीया समुदायको अलग्गै पहिचानकाे मुद्दा उठाएर आठपहरीया समाजको नेतृत्व गरिरहेका थिए । लिम्बुवान स्वायत्तताकाे अान्दोलनमार्फत आठपहरीया समुदायको मुक्तिका लागि पनि उनले प्रत्यक्ष आन्दोलनमा हाेमिनुकाे विकल्प देखेका थिएनन् । उनी स्वयं राष्ट्रिय मुक्ति आन्दाेलनकाे व्याख्याता मात्रै नभई नेतृत्वकर्ता पनि थिए ।
अनेकाैँ राजनीतिक उतारचढावका बावजुद छाराहाङ जीवनकाे अन्तिम क्षणसम्म पनि लिम्बुवान भूगोलको मुक्तिका लागि चिन्तित थिए । याे कुरा उनका अन्तिम स्ट्याटसहरूले पनि लक्षित गर्छन् ।
याे पङ्क्तिकार कमल दाइबाट सबैभन्दा बढी प्रभावित भएकाे एउटा विषय थियोे – लिम्बुवान स्थापनाकाे आधार । कहिले जातीय त कहिले क्षेत्रीय आन्दोलनकाे ट्याग लागिरहेकाे बखत छाराहाङले सबैभन्दा विचाराेत्तेजक तर्क अघि सारे । त्याे थियाे
‘भूगोलको ऐतिहासिक शासकीय पृष्ठभूमि र शासकीय निरन्तरता’ । याे आधार सम्भवतः वैचारिक काेणबाट अरू आधारभन्दा निकै शक्तिशाली ठहरिन्छ ।
कुशल वक्ता, लेखक, स्तम्भकार, विचारक रहेका उनी सङ्गठकका मामिलामा भने केही चुके । कहिले आन्तरिक त कहिले बाह्य कारणले गर्दा छाराहाङ एउटै सङ्गठनकाे नेतृत्वमा रहिरहन नसकेपनि लिम्बुवान भूगोलको मुक्तिका विषयमा अडिग रहिरहे ।
तीव्र राजनीतिक चेतना, उर्जा र गहन अध्ययन भएका सीमित लिम्बुवान नेताहरूमध्येका एक छाराहाङले दुई वर्षअघि “राष्ट्रिय मुक्तिकाे अान्दाेलनका सन्दर्भमा” भन्ने पुस्तक निकालेका थिए । जसमा लिम्बुवान भूगोललगायतका अन्य मुक्ति आन्दोलनहरूका बारे खँदिला रचनाहरू समाविष्ट छन् ।
परिवर्तन र क्रान्तिका पक्षमा युवा र विद्यार्थी वर्गलाई सबैभन्दा धेरै झक्झकाउने नेता छाराहालाई अन्तिमपटक सङ्घीय सलाम छ ।
लिम्बुवान आन्दाेलनले अप्ठ्यारा घुम्तीहरूमा यहाँकाे चिन्तन, दर्शन र साथकाे अभाव महसुस गर्नेछ ।
अन्तिममा, छाराहाङ दाइले बारम्बार जहाँ पनि दाेहाेर्याइरहने भियतनामी मुक्ति आन्दोलनका नेता हाे ची मिन्हकाे नारा छाड्दै – ‘पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटी ठूलाे ।’
हार्दिक श्रद्धाञ्जली !!!
-अमित मिहाङ याक्थुङ्बा