24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारछुट्टाछुट्टै स्थानमा दुर्घटनामा परी १० जनाको मृ:त्यु

छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परी १० जनाको मृ:त्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर १० जनाको मृ:त्यु भएको छ ।

बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, ईलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक तथा घाइतेको उद्धार गरेको थियो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ भन्सार गेट अगाडि सडकमा यूपी ४० एसी ०८५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत बहराइच उत्तर प्रदेश बस्ने ३२ वर्षीय सन्दिप कुमार साहुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम बाँकेमा उपचारको क्रममा मृ:त्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नेपालगञ्ज उपमहानगरपालिका-१५ रुपडिया बस्ने २२ वर्षीय पृथ्वी राजपुतको सोही अस्पतालमा उपचार भइरहेको छ ।

खोटाङ, खोटाङ रुपाकोट मझुवागढी नगरपालिका(२ सोल्माडाँडास्थित सडकमा प्रदेश नम्बर १(०२(००३ त १४९२ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही नगरपालिका-११ बस्ने ५६ वर्षीय टेक बहादुर राईको मृ:त्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृ:त्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सल्यानकाे कपुरकोट गाउँपालिका(३ मा रा.१ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। आफै अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना भएको थियो । साथै दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments