23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeअन्तरराष्ट्रियछुट्टीमा रहेका कामदारहरु यो मिति देखि कतार फर्कन पाउने

छुट्टीमा रहेका कामदारहरु यो मिति देखि कतार फर्कन पाउने


काठमाडौं । कतारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न विभिन्न क्षेत्रमा लगाउँदै आएको प्रतिबन्ध क्रमिक रुपमा चार चरणमा हटाउने भएको छ ।चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि बिशेष सावधानी अपनाउँदै सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाइने विपत व्यावस्थापन समितिकी प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले पत्रकार सम्मेलन मार्फद जानकारी दिएकी छिन् ।

पहिलो चरणमा जुन १५ देखि केही मस्जिद, सपिङ्ग सेन्टर, पार्कहरु,निजी स्वास्थ्य संस्थाहरु खोलिनेछ। दोश्रो चरणमा जुलाई १ देखि सीमित घण्टाको लागि महलहरू खोलिनेछ भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि बजारहरू खुल्दै जानेछन् ।कम क्षमताको साथ सिमित रेस्टुरेन्टहरू खोलिने छन् भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि संग्रहालय र पुस्तकालयहरू खोलिने छन् ।

तेश्रो चरण, अगष्ट १ देखि बिमानस्थल, किनमेल गर्ने सम्पूर्ण मार्केटहरु, स्वास्थ्य क्लब, फिटनेस हल, पौंडी पोखरी, सैलुन र मसाज केन्द्रहरू खोलिने भएको छ ।यससँगै कोराना भाइरस संक्रामण कम भएका देशहरुबाट छुट्टीमा रहेका कामदारहरु कतार फर्किन पाउने छन् । तर फर्केकाहरु १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments