४ बर्ष अघि बाबुको मृत्यू भएपछि पुष्पा र पुजाकी आमाले छोरीहरुलाई पोखरामा ल्याएर पढाईन् । आर्थिक अवस्था दयानिय भएपनि दुःख गरेर उनले छोरीहरु पालेकी थिइन् तर तीनै आमा पनि बितेपछि उनै १४ बर्षकी पुजा र ११ बर्षकी पुष्पाको साहारा हराएको छ । मामाघरमा बसेर पढ्दै आएका उनीहरुको गाउँ भने नेपालगंज हो । नेपालगंज भनिएपनि उनीहरुको घरसंग राम्रो सम्बन्ध थिएन । बाबुको मृत्यू भएपछि पोखरामा आए र घरबाट वास्ता नगरेकै कारण उनीहरु नेपालगंज गएनन् । आमाको पनि मृत्यू भएपछि पुजा र पुष्पालाई मावली गाउँलेहरुले सहयोग गरिरहेका छन् भने देशका बिभिन्न ठाउँहरुबाट पनि सहयोग आउनेक्रम जारी छ । काजक्रिया सकिएको र नेपालगंजतिर पनि खबर गरिएको तर उनीहरुले वास्ता नगरेको सागर गिरीले बताए । बाकी हेर्नुहोस भिडियोमा:
छोरीले गरे आमाको क्रिया ||आमा सम्झेर भाबुक भए पुजा र पुष्पा ,गाउँबाट अझै आएनन कोही आफन्त (हेर्नुहोस भिडियो)
RELATED ARTICLES