22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियजंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीकै आक्रमणबाट मृत्यु

जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीकै आक्रमणबाट मृत्यु


दमक । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी-६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो।

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो। हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ । घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments