बेलबारी । मोरङ जिल्ला बेलबारीमा सार्वजनिक जग्गा अतिक्रमण गरि मन्दिर बनाउन शिलन्यास गरेको प्रति समुहले आपत्ती जनाउदै अतिक्रमण गर्नेहरुलाई कार्बाहिको माग गरेको छ ।
स्थानिय नरसिङबहादुर खड्का र चन्द्रमणी भण्डारी (विनोद) को अगुवाईमा शान्ति युवा समूह, बेलबारी ९, को जग्गा अतिक्रमण गरेको भन्दै आपत्ति जनाउँदै कार्वाही सहितको माग गर्दै प्रेस बिज्ञप्ति जारी गरिएको छ।समुहले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सो कदम प्रति आपत्ती जनाउदै अतिक्रमण गर्नेहरुलाई कानुनि कार्बाहिको माग गरेको हो । समुहका अध्यक्ष धिरोज श्रेष्ठ र उपाध्यक्ष धर्मराज राईद्वारा जारि प्रेस विज्ञप्तीमा गाउँकै अगुवाहरु बैधानिक संस्थाले संरक्षण गरिरहेको सार्वजनिक जग्गा कानुनि रुपमा अबैधानिक समुह बिशेषले हडप्न खोजेको प्रति खेद व्यक्त गरिएको छ । नेपालको संघिय सरकारले सार्वजनिक सम्पत्तीहरुको खोजि गर्दै संरक्षण गरिरहेको बेला स्थानिय सरकारको धज्जी उडाउदै गाउँका अगुवाहरु स्वयम् सार्वजनिक सम्पत्ती हडप्ने र त्यसलाई मलजल गर्ने दोषी उपर छानबिन गरि कार्बाहि गर्न सम्बन्धीत निकाय समक्ष विज्ञप्ती मार्फत माग गरिएको छ । बेलबारी नगरपालिका वार्ड नं. ९, नलबारी चौक स्थित दक्षीणमा बाटो, उत्तरमा तिर्थ आचार्यको जमिन, पुर्वमा राजन राईको घर र पश्चिममा बवि धिमालको घर चारकिल्ला भित्रको ०–१–४ क्षेत्रफलको जमिन २०६० साल देखि नै समुहले संरक्षण गर्दै आएको थियो । तर केहि अराजक व्यक्तिहरुको बलमा स्थानिय नरसिंहबहादुर खडका र चन्द्रमणी भण्डारी (विनोद) को अगुवाईमा मन्दिर शिलन्यास गरिएको समुहका उपाध्यक्ष धर्मराज राईले बताउनुभयो । चन्द्रमणी भण्डारी (विनोद) यस अघि प्रदेश सरकारको ३० लाख बजेटको देविगन्ज देखी ढङढङे मेला सम्मको ग्राभेल गर्दा अनियमितता भएको स्थानियले बताए पछि अख्तियारले चासो देखाएको काण्डका सडक निर्माण उपभोक्ता समितिका सचिव समेत हुन् । सो समुहले मन्दिर बनाउन शिलन्यास गरेपछि बेलबारी नगरपालिकाले त्यस स्थानमा मन्दिर बनाउन रोक लगाएको छ ।