-निमा पोंस्युवा
धरान / लकडाउनका कारण मधेशमा बिचल्लीमा परेका जडिबुटी बेच्नेहरुको उद्दार गर्न प्रदेश सरकारसंग माग गरेको छ । उद्दारको बारे शनिबार धरान उपमहानगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हा ।१ नम्बर प्रदेश सरकारको ध्यानाकर्षण गराउदै संखुवासभा जिल्ला शिङसा क्षेत्र भोटखोला गाउँपालिकाका ५७ जना बिचल्लीमा परेको भन्दै सबैको उद्दारको आव्हान गरिएको हा । शिङसा कल्याण केन्द्र सुनसरीले पत्रकार सम्मेलनको आयोजना गर्दै बिचल्लीमा परेकालाई उद्दारको माग गरिएको हो ।ती सबै हाल सुनसरी,झापा,मोरङ लगायतका जिल्लामा रहेका छन । चैतको दोस्रो हप्तामा सबै घर फिरी सक्नेमा कोरोनाबाट बच्न भन्दै सरकारले लकडाउन गरेपछि बिचल्लीमा परेको हो । क्रमिक रुपमा लकडाउन लम्बिएपछि खेतीपाती गर्नबाट बन्चीत हुनुपर्ने अवस्था सिर्जना भएको छ । पुष माघमा जाडो छल्नेसंगै जडिबुटी सहित सपरिवार मधेश झर्ने चलन छ । यसरी परम्परा रुपमा मधेश झर्ने चलनलाई काविला भन्ने गरिन्छ । काविला झर्दा कसैको सबै परिवार र कसैको बाँडिएर भर्ने चलन छ । ५७ जनामा कसैको यसरी नै आधा परिवार बाडिएको कसैको ताला लगाएको अवस्थामा छ । घरमा रहेकाहरु पनि प्राय बालबालिका छन । उनिहरुले बिउ बिजन के कति राख्ने भन्ने राम्रो ज्ञान हुदैन । केहिको भने झर्दा सपरिवार झरे पनि स्कूल लाग्ने भएपछि अगाडि नै फकाइसकेका छन । यसरी पनि परिवार बाँडिएकोले थप समस्यामा परेको छ । शिङसा क्षेत्र भाटखालामा अब धुमधाम कोदोका बिउ राख्ने कामको चटारो छ । यसरी बिउ राख्नको लागि पहिले बुक खन्नुपर्ने हुन्छ । यसरी खनिएको बुकलाई आगोले पोलेर खरानी बनाइन्छ । त्यही खरानीमा नै कोदोको बिउ ब्याडको रुपमा तयार पारेर राखीन्छ । कामको चटारो भएकै कारण आत्तिन थालेका छन । केहि व्यक्ति भने पैदल नै हिडेर घर पुगिसकेका छन । हालै मात्र झापामा समेत एक जना संक्रमित भेटिएपछि यसरी जडिबुटी बेच्नमा पनि सर्ने एकातिर डर छ भने त्यहाँका व्यक्ति गाउँ लैजादा पनि गाउमा संक्रमण फैलिन्छ की भन्ने सरकारको आशंका छ ।
बिचल्लीमा परेका नामावालिहरु ;
क्र.सं. नाम थर ठेगाना हाल रहेको स्थान
१ छेङिक साङ्मु नुप्पासेच्या भोटे भोटखोला गा.पा., च्याम्ताङ पृथ्वीनगरझापा
२ भुटिक हमुवा भोटे भोटखोला गा.पा., च्याम्ताङ उर्लावारी
३ थाकमीक नुप्पा भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
४ सान्जीत हमुवा भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
५ ल्हाजीक्म हमुवा भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
६ फुपु चिप्प हमुवा भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
७ ङिमसाङमु हमुवा भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
८ नाम्टु सेकनेपेदेन भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
९ ङेरुक सेक्नपेदेन भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
१० सिरप सेक्नेपेदेन भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
११ दच्ची नुपा भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
१२ रिनेन हमुवा भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
१३ पासाङ लेन्डुक भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
१४ मिक्मभुटिक बच्चा सहित भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
१५ जम्लीङ हमुवा भोटे भोटखोला गा.पा., गुठीगुम्वा झापा
१६ फेन्दो हमुवा भोटे भोटखोला गा.पा., गुठीगुम्वा झापा
१७ फुर्पु पेज्यवा भोटे भोटखोला गा.पा., च्याम्ताङ झापा
१८ कासाङ हमुवा भोटे भोटखोला गा.पा., च्याम्ताङ धरान
१९ गोवा ज्यम्याङ पेज्यवा भोटे भोटखोला गा.पा., च्याम्ताङ धरान
२० चिप्पा आङजीक ल्हामुछिरीङनुपा भोटखोला गा.पा., च्याम्ताङ धरान
२१ चिप्पा वलुक भोटे भोटखोला गा.पा., च्याम्ताङ महोत्तरी वर्दिवास
२२ ल्हेरुङ स्याङदरा भोटे भोटखोला गा.पा., च्याम्ताङ महोत्तरी
२३ छाक्चीक नुप्पा भोटे भोटखोला गा.पा., च्याम्ताङ दिक्तेल
२४ ल्हाक्प तेन्जीन नुप्पा भोटे भोटखोला गा.पा., च्याम्ताङ दिक्तेल
२५ भुदरम नुप्पा भोटे भोटखोला गा.पा., चेपुवा धरान
२६ ङिन्जीक थुजिवा भोटे भोटखोला गा.पा., हुङगङ धरान
२७ जेनजेन लाहरे ३ जना परिवार भोटखोला गा.पा., गुठीगुम्वा धरान
२८ च्यप्साङ हमुवा भोटे भोटखोला गा.पा., च्याम्ताङ धरान
२९ इन्जीन नुप्पा सेच्या भोटे भोटखोला गा.पा., च्याम्ताङ वेलवारी मोर
३० सानाक नुपा सेच्या भोटे भोटखोला गा.पा., च्याम्ताङ वेलवारी
३२ छिरोक पेज्यवा भोटे भोटखोला गा.पा., च्याम्ताङ गाईघाट उदयपुर
३३ फुरु नुप्पा भोटे भोटखोला गा.पा., च्याम्ताङ धरान
३४ रेजा भोटे भोटखोला गा.पा., च्याम्ताङ धरान
३५ सांमु मदम आमा छारी २ जना भोटखोला गा.पा., च्याम्ताङ काकडभिटा
३६ दवजिप्प हमुवा भोटे भोटखोला गा.पा., च्याम्ताङ काठमाण्डौ
३७ हिस्साम भोटे भोटखोला गा.पा., च्याम्ताङ काठमाण्डौ
३८ गिन्दीन भोटे २ जना भोटखोला गा.पा., गुठीगुम्वा उर्लावारी
३९ दटुक भोटे भोटखोला गा.पा., गठीगुम्वा उर्लावारी
४० चिप्पा भोटे भोटखोला गा.पा., हुंगुं उर्लावारी
४१ पिम्वा धर्चे पेज्यवा भोटे भोटखोला गा.पा., च्याम्ताङ लक्ष्मीपुर झापा
४२ छज्या भोटे भोटखोला गा.पा., च्याम्ताङ लक्ष्मीपुर झापा
४३ किन्जव दम्पत्ति २ जना भोटखोला गा.पा., हुगु धरान
४४ छेदेन भोटे दम्पति २ जना भोटखोला गा.पा., गुठीगुम्वा धरान
४५ च्याम्जुङ भोटे भोटखोला गा.पा., च्याम्ताङ धरान
४६ उचेन भोटे भोटखोला गा.पा., गुठीगुम्वा झापा
४७ रिन्जीन भोटे भोटखोला गा.पा., छुमुसुर पथरी मोरङ
४८ छोलिङ भोटे भोटखोला गा.पा., नामुछी पथरी मोरङ
४९ पिम्व आंमु भोटे भोटखोला गा.पा., नामुछी पथरी मोरङ
५० लाक्प भुटिक भोटे भोटखोला गा.पा., सिप्रुङ पथरी मोरङ