23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराजनीतिजनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक कार्यकर्ताद्वारा पहिचानबादी एक हुन दवाब

जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक कार्यकर्ताद्वारा पहिचानबादी एक हुन दवाब

राज्यपुनर्संरचना आयोगले दिएको प्रतिवेदनको आधारमा सिमांकन गरिएको १०+१ को राज्य सहितको नक्सा

निमा पोङ्स्युवा

धरान / पहिचानवादीको नाममा साना साना झुण्डको रुपमा रहेको पार्टी एकता हुने क्रम जारी छ ।

राजपासंग समाजवादी पार्टी एकता भएपछि जनता समाजवादी पार्टीसंग संघीय लोकतान्त्रिक राष्ट्रिय मंच पनि एकता हुनुपर्छ भन्दै कार्यकर्ताले दवाब दिएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लिम्बुवान मंच नेपाल जिल्ला कार्य समिति पान्थरका अध्यक्ष सागर केरुङ र जनता समाजवादी पार्टी पान्थरका अध्यक्ष लक्षमण लावतिले संयुक्त रुपमा हस्ताक्षर गर्दै पार्टी नेतृत्वलाई दवाव दिएको छ।जेट ३ गते आइतबार प्रेस बिज्ञप्ति जारी गर्दै फुटेर होइन जुटेर नेपाली जनताको सुरक्षा समृद्धि राष्ट्रिय स्वधिनताको रक्षा गर्न जरुरी भएको उल्लेख छ।

प्रेस बिज्ञप्तिमा लिम्बुवान प्राप्तिको एजेन्डा लिएका राजनैतिक शक्तिहरु जनता समाजवादी पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मंचलगायत पहिचानबादी शक्तिहरुको एकता गरि १०+ १ प्रदेशको संघीयता  प्राप्त गर्न पार्टी एकताको चरणसम्म पुर्‍याउन र मुलुकको ससक्त बैकल्पिक राष्ट्रिय राजनीतिक शक्ति निर्माण तर्फ अग्रसर हुन समेत तमाम नेता कार्यकर्ता र जनतामा हार्दिक अपिल गर्दछ भनिएको छ।

नश्लिय राज्यसत्ताको तमामखाले षड्यन्त्र र प्रपन्चलाई प्रतिरोध गर्दै लक्ष्य प्राप्त गर्नको लागि एकीकृत शक्ति निर्माण गर्न नितान्त जरुरी मात्र होइन यो समयको माग हो भनिएको छ।

हामी बिगत समयदेखी न्याय समानता लिम्बुवान र संघीयताका लागि संघर्ष गर्दै आइरहेका छौ भनिएको छ।संघीयता बिरोधि यथास्थितिवादी प्रतिक्रिया शक्तिबादिहरु हाम्रो न्यायपुर्ण आवाजलाई दिभ्रमित पार्न भरमग्दुर लागिपरिरहेको भन्दै सचेत गराएको छ।फुटाउ र शासन गर को षड्यन्त्रलाई बुझ्न र चिर्न नसक्दा हामिले हाम्रा लक्ष्य प्राप्त गर्न नसकेको उल्लेख छ।

बिज्ञप्तिमा वर्तमान सरकारको समेत आलोचना गरिएको छ। मुलुकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको अवस्थामा राज्यको बागडोर सम्हाल्नेहरु अकसरको खेती गर्न उद्यत रहेको आरोप लगाएको छ।सरकार भ्रष्टाचार गर्न र सांसद अपहरण जस्ता अपराधिक कुकृत्य र सत्ता कब्जाको अभ्यासमा तल्लिन रहेको आरोप छ।त्यसैगरी नेपालको सिमा लिम्बुवान लगायत विभिन्न ठाउमा अतिक्रमण भैरहेको भन्दै तर सरकार लाचार अनि रमिते बनेको भन्दै आक्रोश पोखिएको छ।त्यसैगरी नेपालको सार्वभौमिकता रक्षा गर्न सरकार असक्षम भएको दाबी गरिएको छ।

कोरोनाको संक्रमित संख्या दिनानुदिन बढ्दै गएको भन्दै द्वह बिदेशमा रहेका सबै नेपाली सुरक्षित रहन पनि अपिल गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments