काठमाडौ / राजपा र समाजवादी पार्टी बीच एकीकरण भै बनेको जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
बुधबार राती दुबै दलले पार्टी एकीकरण गर्ने भनेर चार बुँदे सहमतिमा हस्ताक्षर गरेपछि आज बिहिवार निर्वाचन आयोगको कार्यालयमा दल दर्ता भएको छ। बिहिवार बिहान ११ बजेर १६ मिनेट जाँदा दर्ता नम्बर १३८८ मा जनता समाजवादी पार्टी नेपाल नाम दर्ता भएको कुरा प्रेस नेपालले जनाएको छ।
दल दर्ता गर्न राजपाका संयोजक शरत सिं भण्डारी र समाजवादीबाट उपेन्द्र यादबले हस्ताक्षर गरेका थिए।
बुधबार राती दुबै दलका नेताहरू चार बुदेमा हस्ताक्षर गरेका थिए। हस्ताक्षर गर्नेमा समाजवादीको तर्फबाट बाबुराम भट्टराई,उपेन्द्र यादब,अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए।राजपाको तर्फबाट महन्त ठाकुर,राजेन्द्र महतो,महेन्द्र राय यादब,शरत सिं भण्डारीले हस्ताक्षर गरेका थिए।
१) पार्टी एकीकरण समानताको आधारमा गरिनेछ।
२)एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुनेछ।
३) एकीकृत पार्टीको झन्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बिचमा तारा हुनेछ।
४)एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।