धरान / विश्वभरी महामारीको रुपमा फैलिरहेका कोरोना भाइरसबाट बच्न अग्रपंक्तिमा स्वास्थ्यकर्मी रहेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले पिपिई (पर्सनल प्रोटेकसन इक्विपमेन्ट) उपलब्ध गराएको छ।
जनमुक्ति पार्टी धरान उपमहानगर समिति मार्फत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानलाई १० थान पिपिइ उपलब्ध गराएको छ। पिपिइलाई केन्द्रिय सचीव बिष्णु थाङ्देनले बिपिका उपकुलपति ज्ञानेन्द्र गिरिलाई मंगलबार हस्तान्तरण गरेको छ।राष्ट्रिय आविष्कार केन्द्रमा उत्पादन गरिएको पिपिइलाई पहिला गुणस्तर छ कि छैन भनेर प्राविधिक रुपमा जाचपछि मात्र हस्तान्तरण गरिएको कुरा नगर अध्यक्ष चित्रराज थापामगरले बताए।
पार्टीले विभिन्न अस्पतालमा पिपिइ उपलब्ध गराउने क्रममा बिपिमा पनि उपलब्ध गराएको जानकारी दिए।पिपिइलाई लिदै हाल धरानमा कोरोना उपचार सम्बन्धी अस्पताल स्थापना गरेको बताए।जहाँ आइसियु ल्याब सहितको सेवा रहेको बताए। आवस्यकता अनुसार बेड संख्या थप्न सकिने कुरा उपकुलपति ज्ञानेन्द्र गिरिले जानकारी दिए।पिपिइ हस्तान्तरण गर्न डा किशोर गुरुङ,मनि राई लगायतको उपस्तिथि रहेका थिए।