– निमा पोङ्स्युवा
धरान /२५ औ जनयुद्ध तथा सहिद स्मृति दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम गरिएको छ।
नेकपा धरान उपमहानगर समितिले धरानको लोकतान्त्रिक चौतारुमा गरिएको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको कुरा महेन्द्र बहुमुखी क्याम्पस धरान अखिल क्रान्तिकारी विद्यार्थी पुर्व इकाई समिति सहसचिव दिपन बिश्वकर्माले जानकारी दिएको छ।
नेकपा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा प्रदेश सांसद उमिता बराईली नेकपा धरानका विद्यार्थी लगायतको उपस्थिति रहेका थिए।एमाले र माओवादी केन्द्र पार्टी एकीकरण भएपछि पहिलोपटक जनयुद्ध दिवसलाई मान्यता दिइदै कार्यक्रम गरिएको हो।संविधान निर्माणको समयमा एमाले र माओवादी केन्द्र जनयुद्ध शब्द राख्ने र नराख्ने बिषयमा चर्काचर्की भएको थियो।एमालेले जनयुद्धको बलमा गणतन्त्र आएको स्वीकार नगर्ने उद्देश्यले संविधानमा जनयुद्ध शब्द राख्न अस्विकार गरेका थिए।
२०५२ सालमा शेरबहादुर देउबाको प्रधानमन्त्री कार्यकालमा असहमतिका बुँदा पेश गर्दै फागुन १ गतेदेखी भुमिगत भएर युद्धको उद्घोष गरेका थिए।लगातारको सरकार पक्ष र बिद्रोहि पक्षको १० वर्षे संघर्षमा १७ हजारको ज्यान गएका थिए। जनयुद्धमा सयौ अपांग भएका छन भने हजारौं हराईरहेका छ्न।बिद्रोहपछि ज्यान गएका र अपांग भएका बिषयमा जन आक्रोश बढिरहँदा नेकपाका अध्यक्ष प्रचण्डले १७ हजारमा सबै आफ्नो थाप्लो नभै सरकारी पक्षले समेत मारिएको जनाएको छ। प्रचण्डले पाँच हजारको ज्यान गएकोमा आफू जिम्मा लिने भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन।१० वर्षे जनयुद्ध र तत्कालिन आठ दलको ६२/६३ को जन आन्दोलनपछि राजसंस्था फालेर नेपालमा गणतन्त्र स्थापना भएका हुन। तर हराएका बेपत्ता अपांग भएकाले उचित न्याय पाउन सकेका छैनन।तत्कालीन अवस्थाको माग समेत पूरा हुन नपाउदै नेकपा माओबादी संसदीय व्यावस्थाकै मुलधारमा आएर एमालेसंग पार्टी एकीकरण गर्न पुगेका हुन।