23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedजापानमा हुने तय भएको ओलम्पिक प्रतियोगिता अर्को वर्ष पनि अनिश्चित

जापानमा हुने तय भएको ओलम्पिक प्रतियोगिता अर्को वर्ष पनि अनिश्चित

चैत २९ । जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित् समयभन्दा एक वर्षपछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ ।

टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को वर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका हुन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको भनाइ छ ।

यसै वर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोनाभाइरसको संक्रमणकै कारण ठिक एक वर्षपछाडि सारेर अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ ।

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता अझ धेरै दिनपछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको शुक्रबार बताए ।

जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागू हुनेगरी केही ठाउँका लागि संकटकालकोसमेत घोषणा गरेका छन् ।

‘आगामी जुलाईसम्ममा कोरोनाभाइरसको संक्रमण नियन्त्रण भइसक्छ भन्ने कुरा कसैले भन्न सक्दैन । त्यसैले अहिले तोकिएकै मितिमा ओलम्पिक प्रतियोगिता हुन्छ भन्ने सुनिश्चत गर्न पनि मैले सक्दिनँ’–उनले भने ।

शुक्रबार आयोजित पत्रकार अन्तरक्रियामा उनले तोकिएकै मितिमा प्रतियोगिता हुनेबारेमा आफूसँग स्पष्ट जवाफ नभएको बताए ।

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै वर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्री आवेले कोरोनाभाइरसविरुद्धको लडाइँलाई छिटो–छरितो, प्रभावकारी र सशक्त नबनाएकाले ओलम्पिक प्रतियोगिता सार्नुपरेको भन्दै उनको आलोचना पनि भएको छ ।

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता एक वर्षपछाडि हुने मानेर नै तयारीको कामहरु तीव्रगतिमा अगाडि बढाइने बताए ।

उनले त्यतिबेलासम्म कोरोनाभाइरसको संक्रमण अन्त्य हुने आशा पनि व्यक्त गरे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments