
अछाम । जिल्ला अस्पताल अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा ५ घर भएका ५१ वर्षीय महिलाको बिहीबार अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।
कोरोना भाइरस आशंकामा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत पीसीआर परीक्षणका लागि स्वाब सुर्खेत पठाइएको थियो ।
रिपोर्टमा कोरोना नदेखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुगानाले बताए । कोरोना भाइरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको आशंकामा बैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।