काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ५१ हजार २६५ जनाको मृत्यु भईसकेको छ भने ८४ लाख २७० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४४ लाख १४ हजार ९९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ४५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख १९ हजार ९४१ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ३४ हजार ४७१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९ लाख १८ हजार ७९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ६४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ४६ जनाको मृत्यु भएको छ भने ४ लाख ६ हजार ३६७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूजर्सीमा १ लाख ७० हजार ५९९ जनालाई संक्रमण भएको छ भने १२ हजार ८९१ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा बुधवार मात्रै २६ हजार ७१ जना संक्रमित थपिएका छन् भने ८०९ जनाको मृत्यु भएको छ ।