26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeराष्ट्रियट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

केआइसिह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका १० राईमा मालवहाक ट्रक दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका ८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव विष्टको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपनिरीक्षक दधिराम न्यौपानेले दिएको जानकारी अनुसार कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक डडेल्धुरामा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने ट्रकका चालक रहेको उनले बताए ।

आइतबार बिहान ट्रक दुर्घटना भएको गोठाला गएकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। चालक आफै गाडी मालिक रहेको बुझिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments