24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारट्राफिक प्रहरीले तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

ट्राफिक प्रहरीले तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

चाडपर्वको समयमा यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ । आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ ।

पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments