28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedडरलाग्दो जंगलभित्र ६ सय भेडा बस्ने गोठ, ३ जना गोठालाले यसरी पाल्छन्...

डरलाग्दो जंगलभित्र ६ सय भेडा बस्ने गोठ, ३ जना गोठालाले यसरी पाल्छन् भेडा │(हेर्नुहोस् भिडियो)

६ सय भेडा बस्ने गोठ । मुल्याकंन गर्ने हो भने करोड भन्दा माथिको सम्पत्ति । तर, यो एक जनाको भने होइन । यहाँ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङदेखि शेष घलेसम्मले भेडा पाल्न दिएका छन् ।लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ खगुमको बेँसीमा भेटिएको यो घुम्ती भेडीगोठ गाउँपालिकाकै व्यवस्थापनमा रहेछ । गाउँपालिकाको आर्थिक सहयोग र खगुम र घलेगाउँका स्थानीयको सहायतामा भेडीगो’ठ चलाइएको गो’ठालो सन्तोष गुरुङ (२१) ले हामीलाई बताए ।लेकबाट भेडा खेद्दै गत कात्तिकमा बेँसी आइपुगेको यो भेडीगो’ठ गर्मी बढ्न थालेपछि पुनः लेकतिरै सर्ने उनले बताए ।

यतिधेरै भेडालाई बाँधेर राख्न सम्भव छैन । सबै फुकुवा हुन्छन् । खुला आकासमै रात काट्छन् । पशु विभागमा समेत दर्ता रहेको तिजे उत्तरकन्या भेडी फार्म ६ महिना बेँसी र ६ महिना लेकतिर हुन्छ । यो प्रजातीले गर्मी स’हन न’गर्ने भएकाले चैत लागेपछि गो’ठा’लोले लेकतर्फ भेडा खेद्न थाल्ने भेडा फार्मका अध्यक्ष कमिरजंग गुरुङले जानकारी दिए ।क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य समेत रहेका गुरुङले भेडी गो’ठ सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १ लाख ८० हजार बिनियोजन गरेको बताए । गाउँपालिकाले भेडीगो’ठको ना’ईकेको तलब ९ हजार र अन्य दुई जनाको क्रमशः ८ हजार ६ हजार तोकेको उनले बताए ।हेर्नुहोस् भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments