26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeविविधडाक्टरले शिशु तान्दा पाठे*घर नै निकाल्यो, आमाको मृत्यु ||अस्पतालमा तोडफो*ड (भिडियो)

डाक्टरले शिशु तान्दा पाठे*घर नै निकाल्यो, आमाको मृत्यु ||अस्पतालमा तोडफो*ड (भिडियो)

काठमाडौंको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि लापरबाही गरेको भन्दै आफन्तले तोडफोड गरेका छन्। भोजपुर षडानन्द नगरपालिका-८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्।नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले 8लापरबाहीको आरोप लगाएका छन्।मृतककी आफन्त कला राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको हो।

भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइ दिएको उनले आरोप लगाएकी छिन्। आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग समेत गरेका छन्। सो क्रममा आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन्। आफन्तले अस्पताल प्रशासनलाई सत्यतथ्य बाहिर ल्याउन भन्दै नाराबाजी समेत गरेका छन्। तर प्रशासनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अस्पतालमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिइरहेको छ। हेर्नुहोस भिडियो :
https://youtu.be/2EjHdkGjXko

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments