निमा पोङ्स्युवा
ताप्लेजुङ । स्थानीय मौलिक नाम मुकुम्लुङलाई पाथिभरा नामाकरण गरि त्यहि नामबाट पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव संचालन गर्न लागेको विवाद पछिल्लो समयमा चर्किदै गएको छ ।
मुकुम्लुङ बचाओ संघर्ष समितिले महोत्सव नलगाउन आग्रह गरि प्रेस बिज्ञप्ति जारी गरिएका थिए । सरोकार पक्ष सहित किरात याक्थुङ चुम्लुङ रोक्न जारि गरेको प्रेस बिज्ञप्तिको बिरुद्ध जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आयोजकको पक्षमा प्रतिरक्षा गर्दै जस्तोसुकै सुरक्षा दिन तयार रहेको बिज्ञप्ति अशोज ७ गते जारि गरिएका थिए । प्रशासनले भयरहित महोत्सव संचालन गर्न प्रतिरक्षा गरेपछि आयोजक र मुकुम्लुङ बचाओ आन्दोलन पक्ष मुडभेट हुने अवस्थामा पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले निकालेको बिज्ञप्तिको भोलिपल्ट राजनीतिक दलले संयुक्त प्रेस बिज्ञप्ति जारि गरिएको छ । महोत्सव रोक्न आयोजकलाई आग्रह गर्दै छ राजनीतिक दलले बिज्ञप्ति जारि गरिएको छ । बिज्ञप्तिमा जनता समाजवादी पार्टि, नेपाल जिल्ला अध्यक्ष किर्तीमान मादेन, मंगोल नेशनल अर्गनाइजेशन (MNO), जिल्ला अध्यक्ष सन कुमार लिम्बु,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च / संघीय लिम्बुवान मञ्च, ताप्लेजुङ जिल्ला अध्यक्ष भूपेन्द्र मावो, नेपाल कम्युनिष्ट पार्टी (विप्लप समुह जावद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा : ध्रुव मादेन, राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला अध्यक्ष / इनचार्ज मोती तुम्बाहाङफेले हस्ताक्षर गरेका छन ।
संयुक्त प्रेस विज्ञप्ती किरात याक्थुङ चुम्लुङ र मुक्कुम्लुङ संयुक्त संघर्ष समिति ताप्लेजुङले कथित पाथीभरा महोत्सव (२०७९) आयोजना गर्न लागिएको विरुध्दमा ताप्लेजुङ बन्द लगायतका आन्दोलन घोषणा गरेकोमा हाम्रो नैतिक समर्थन र भौतिक सहयोग रहने कुरा सम्बन्धित सबैमा अवगत गराउन चाहान्छौं उल्लेख छ । आदिवासी याक्थुङ लिम्बुहरुको मुन्धुममा वर्णित ऐतिहासिक,सास्कृतिक स्थल मुक्कुमलुङ नाम पुन स्थापना गरिनुका साथै यसको स्वामित्व सम्बन्ध समुदायलाई हस्तान्तरण गरिनु पर्ने लगायतका माग राखी बिगतदेखि आन्दोलन र अभियान संचालन हुँदै आएको छ र यस स्थललाई पवित्र भूमि (Sacred site ) समेत घोषणा गरी सकिएको छ। ऐतिहासिक नाम मुक्कुम्लुङ पुन स्थापना गर्ने सम्बन्धमा सर्वोच्च अदालतमा समेत रिट निवेदन परेको छ जनाएको छ ।
त्यसैगरी नेपालको सविधान २०७२ मानवअधिकार, सामाजिक साँस्कृतिक अधिकार, आइएलको १६९, आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून, अभिसन्धी तथा घोषणा पत्र समेतले हामी आदिवासी रैथाने समुदायको निर्वाध साँस्कृतिक अधिकार उपभोगको सुनिश्चतता गरेको उल्लेख छ।
बिज्ञप्तिमा विगतमा राज्यको नश्लीय चरित्रका कारण एकल हिन्दु साँस्कृतिक सत्ताको वर्चश्व कायम स्थापित गरेको आरोप लगाउदै बदलिदो परिस्थितिसँगै विविधतायुक्त नेपाललाई हामी सबैको साझा राज्यको रुपमा बिकास गरिनुपर्ने उल्लेख छ ।त्यसैले यहांका सबै समुदाय, भाषा, संस्कृति र धर्म प्रति समान व्यहार गरिनुपर्ने उल्लेख छ ।
एक अर्काको अस्तित्व र पहिचानको आदर तथा सम्मानले मात्र सामाजिक सद्भाव र एकता सम्भव छ भन्दै सामाजिक सद्भाव कायम राख्दै शान्त र समृद्ध मुलक निर्माणमा जुटन आव्हान गरिएको छ ।
पाथीभरा महोत्सवको सम्बन्धमा आन्दोलनरत पक्षसंग वार्ता गरी सहमतिमा मात्र अगाडि बढाउन आग्रह गर्दै विज्ञप्तिलाई वेवास्ता गरी जबरजस्त गरिए यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी आयोजकले लिनुपर्ने भन्दै चेतावनी दिएको छ ।
त्यसैगरी मुकुम्लुङ बचाओ आन्दोलनलाई समर्थ न गर्दै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति,किरात याक्थुङ चुम्लुङ तेह्रथुम,किरात याक्थुङ चुम्लुङ लिम्बुवान,किरात याक्थुङ चुम्लुङ पान्थर,संघीय लिम्बुवान पार्टीले छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारि गरिएका छ्न ।