24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियताप्लेजुङ विवाद चार बुँदे सहमति गर्दै तत्काललाई समाधान

ताप्लेजुङ विवाद चार बुँदे सहमति गर्दै तत्काललाई समाधान

निमा पोङ्स्युवा 

धरान । मुकुम्लुङ बचाओ आन्दोलनरत पक्ष र आयोजक बिच चार बुँदे सहमति भएपछि ताप्लेजुङ बन्द खुलेको छ ।

मुकुम्लुङ बचाओ संघर्ष समितिले पाथीभरा नाम नमान्ने भनेर महोत्सव स्थगन गर्न आग्रह गर्दै आएपनि अन्ततः ताप्लेजुङ बन्द नै गरेपछि मात्र आयोजक सहमतिमा आएको हो ।

सोमबार आन्दोलनरत पक्ष र आयोजक वार्तामा बसेपछि चार बुँदे सहमति भएको छ । सहमति अनुसार पाथीभरा म्याराथन महोत्सवको सट्टा ताप्लेजुङ म्याराथन महोत्सव राखिने भएको छ । त्यसैगरी महोत्सवको सन्दर्भमा तयार गरिएका ब्यानर गेट शिल्ड प्रमाणपत्र अडियो भिडियो जिङल लगायत सबैमा उल्लेख भएको पाथीभरा शब्द हटाएर ताप्लेजुङ लेख्ने सहमति भएको छ । तेस्रो बुँदामा किरात याक्थुङ चुम्लुङ थरगत थुमगत लगायतले अशोज ९ गतेदेखि १३ गतेसम्मको बन्द हड्ताल स्थगन गर्ने सहमति भएको छ । चौथो बुँदामा सहमतिका बुँदाहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न दुबै पक्षबाट ३/३ जनाको अनुगमन समिति गठन गर्ने निर्णय भएको छ ।

अनुगमन समितिमा आयोजक पक्षबाट रकि थेपे,शुरेस लिम्बु,दावा शेर्पा रहेका छन । त्यसैगरी आन्दोलनरत पक्षबाट प्रदिप मादेन नबिन फुरुम्बो,सरोज कङ्लिबा रहेका छ्न ।

वार्तामा आयोजकको तर्फबाट पाथीभरा संरक्षण समितिका संयोजक तारानाथ घिमिरे,पाथीभरा संरक्षण बिकास अध्यक्ष रकि थेवे,नारायण थापा सहभागी थिए । त्यसैगरि आन्दोलन पक्षबाट मन्दिरा मेयाङ्बो,बिबिहाङ वनेम र दिपक ताक्मादेन रहेका थिए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments