नेपाली समाजमा हरेक जातीले माघ संक्रान्तिलाई महत्वपुर्ण चाडको रुपमा लिइन्छ । हरेक जातीले माघ संक्रान्तिलाई फरक फरक तरिकाले मनाउने गर्छन् । यस पर्वको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । यस दिन महत्वपुर्ण खानेकुराको रुपमा तिलको लड्डु पनि लिइने गरिन्छ । लड्डु संक्रान्तिको पूजामा प्रसादका रुपमा चढाउने गरिन्छ ।
तिलको लड्डु हाम्रो स्वास्थ्यको लागी पनि निकै फाइदाजनक छ । तिलको लड्डु बनाउन तिल, गुड, घिउ, अलैंची र पानी चाहिन्छ ।बनाइसकिएको लड्डु एक महिनासम्म उपभोग गर्न पनि सकिन्छ । तिलको लड्डु मानसिक र शारीरिक स्वास्थको दृष्टिले धेरै नै फाइदाजनक छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन बी कम्प्लेक्स, कार्बोहाइड्रेट जस्ता तत्व प्रशस्त पाइन्छ । यसको सेबन गर्नाले शरीरको तापक्रम सन्तुलन राख्दछ । यसको सेबनल हड्डी बलियो बनाउछ । तौललाई सन्तुलनमा ल्याउन पनि तिलको लड्डु खानु राम्रो मानिन्छ ।