28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedतीन महिनाको घरभाडामा आधा छुट

तीन महिनाको घरभाडामा आधा छुट

घरमालिक डा. अर्बिन कोयु दम्पती

धरान/ मंगोल मार्ट नाम गरेर पसल गर्दै आएको  तीन महिनाको घरभाडामा पचास प्रतिशत घरभाडा छुट दिएको छ।

लकडाउनको कारण पसल नचलेको भन्दै अर्बिन कोयु राईले डेढ महिनाको घरभाडा छुट दिएको कुरा मंगोल मार्टका दिनेश बान्तवाले बताए।बान्तवाले आफ्नो सामाजिक संजाल फेसबुकमा यसरी लेखेको छ-`मंगोल मार्टका घरबेटी डा.अर्बिन कोयु राई तथा परिवारलाई धन्यवाद !
Covid 19 कोरोना भाईरस आतंकले लकडाउन भएर ब्यापारी मारमा परेको दुखलाई महसुस गरि घरबेटीको तर्फबाट लगडाउन अबधिभर ३ महिनको घर भाडामा 50% छुट गर्नुहुने तपाई मनका धनी कर्तव्यनिष्ठ ब्याक्तित्व डा. अर्बिन कोयु राई लागायत सम्पुर्ण परिवारलाई धन्यवाद साथै दिर्घायु र सुस्वास्थ्यको कामना, सामाजिक सहयोगमा तपाईहरुको उधारणिय योगदानको समाजले गौरवपुर्ण गाथा गाउन सकोस् !
-मंगोल मार्ट परिवार, धरान सदन रोड ।´

धरान ३ माछाभौडी नजिक घर रहेका अर्बिन कोयु बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा दन्त चिकित्सक समेत हुन।दुबै जना प्रतिष्ठानमा कार्यरत रहेको जनाएको छ।

कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेपछि ब्यापार ब्याबसाय ठप्प भएको छ। ब्यापार नै नभएपछि घरवालाले खुलेर घरभाडा माग्न सकिरहेको छैन।सरकारले कलडाउनको सुरुवातमा अवधिमा १ महिनाको घरभाडा नलिनु भनिए पनि लकडाउन लम्बिएर तीन महिना पुग्न लागेको छ। सरकारले २५ गतेभित्र कर समेत सापटी गरेर तिर्नु भनेपछि व्यापारी ब्याबसायी थप आक्रोश बनेको छ।धरानमा घरभाडा तथा कर सहितको कुरालाई लिएर केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघ धरानले पसल खुलाउने बारे छलफल समेत चलाएको छ।घरभाडाको बिषयलाई लिएर घर निकाला तथा दुव्र्यवहार गरेको घटना बाहिर आईरहेका छ्न।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments